काठमाडौं– गायिका सोफिया थापाले ‘आवाज’ बोलको गीत सार्वजनिक गरेकी छिन्। महिलाहरुले आफ्नो हितको आवाज खोज्दै अभिव्यक्ति दिनुपर्ने आवश्यकता बढेको भन्दै उनले महिलाको अधिकारको वकालत गर्ने गीत सार्वजनिक गरेकी हुन्।
महिलामाथि हुने अन्याय, शोषण, हिंसा र षड्यन्त्रको महिलाहरुले नै महसुस नगर्दासम्म परिस्थिति नबदलिने बताउँदै सोफियाले नयाँ गीतमा सोही सन्देश समेटेको बताएकी छिन्।
तीज नजिक आउँदै गर्दा यो गीत रिलिज गरेर महिलाले यो पर्वलाई स्वतन्त्रता पूर्वक मनाउन स्वयः अफ्नो यर्थाथ बदल्नुपर्ने सन्देश गीतमा रहेको उनले बताइन्।
‘यही उदेश्यका लागि मैले ‘अब को तीज नो ब्रत प्लिज’ भन्ने गीत ल्याएको थिएँ केही समयअघि’, सोफिया भन्छिन्, ‘म आफ्ना गीतहरुबाट महिला मुक्तसका लागि सधैं संघर्ष गरिरहेको छु र गर्नेछु।’
सोफियाको गीतमा हरि लम्सालको संगीत रहेको छ भने कवि तथा गीतकार रमेश क्षितिजको शब्द रहेको छ। ‘ग्राफिकल’ शैलीको गीतको भिडियोमा अभिनेत्री सोभिता सिम्खडाको विशेष उपस्थिति रहेको छ।
हेर्नुहोस् गीतः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।