काठमाडौं– अमेरिकी आइडलमा फाइनलसम्म पुगेर चर्चा कमाएका गायक अर्थर गन (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन्।
साउनको अन्तिम साताबाट देशभरका विभिन्न सहरमा उनले सांगीतिक प्रस्तुति दिन लागेका हुन्। साउन अन्तिम साताबाट सुरु हुने ‘टुबोर्ग होम कमिङ अर्थर गन’ नामको कार्यक्रममा गायक गनले काठमाडौंसँगै पोखरा, चितवन, बुटवल, धरान, नेपालगञ्ज, काँकडभिट्टालगायतका सहरमा कार्यक्रम गर्नेछन्।
गनले अमेरिकी आइडलको १८ औं सिजनमा भाग लिएका थिए। त्योसँगै अमेरिकामा बसोबास गरिरहेका नेपाली मुलका गनको चर्चा दर्शकस्रोतामाझमा निकै बढेको थियो।
गनलाई नेपालमा हुने कार्यक्रमका लागि टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्सले सहकार्य गरेको हो। नेपाली दर्शक तथा स्रोतामाझमा लोकप्रिय रहेका गनका चर्चित गीतहरुमा न्यानो घर, जलाई मै, प्रलयलगायतका गीतहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।