• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३१, २०८२ Sat, Jun 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
बैंकबाट निक्षेप कहाँ हराइरहेको छ?
64x64
सुमित्रा कार्की आइतबार, भदौ ५, २०७९  १३:४५
1140x725

काठमाडौं– असार समान्तदेखि साउनको चौथो सातासम्म आइपुग्दा वाणिज्य बैंकमा संकलन भएको निक्षेप ठूलो अंकमा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो। 

साउन चौथो साता आइपुग्दा वाणिज्य बैंकमा कुल ४४ खर्ब २१ अर्ब रुपैयाँमात्रै निक्षेप रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ। यो एक महिनाको अवधिमा वाणिज्य बैंकबाट एक खर्ब २० अर्ब रुपैयाँ रकम बाहिरिएको छ।

असार मासन्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकमा साउन पहिलो सातामा कुल ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप कायम भयो। बैंकर संघकाअनुसार त्यो बेला एक सातामै ६३ अर्ब रुपैयाँ निक्षेप बैंकिङ च्यानलबाट घटेको देखियो।

यस्तै, साउनको दोस्रो साता वाणिज्य बैंकहरुमा निक्षेप संकलन ४४ खर्ब ५० अर्ब रुपैयाँमात्रै रह्यो। त्यो भनेको साउन पहिलो साताको तुलनामा २८ अर्ब कम हो। साउन तेस्रो साता दोस्रो साताको तुलनामा निक्षेप चार अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४६ अर्ब कायम भयो। साउन तेस्रो साताको तुलनामा चौथो साता २५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमात्रै रहेको बैंकर्स संघको तथ्यांकले देखाउँछ।

निक्षेप घटिरहँदा बैंकहरुको कर्जा लगानी भने खासै घटेको देखिँदैन। एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा यथावत छ। गत असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा पनि ४१ खर्ब ७५ अर्ब नै देखिन्छ। यो बिचको साताहरुमा भने कर्जा दुई र चार अर्ब रुपैयाँले घटबढ भएको देखिन्छ।

गत आर्थिक वर्षको अन्त्य असार मसान्तसम्म ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले साउनको पहिलो हप्तासम्म आउँदा उक्त कर्जा १० खर्ब रुपैयाँले घटाएर ४१ खर्ब ६५ अर्ब रुपैयाँमा सिमित बनाएका हुन्। 

यसैगरी, साउनको दोस्रो सातामा पनि बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। तेस्रो साता आउँदा बैंकहरुको कर्जा लगानी केही बढेको देखिन्छ। यो साता बैंकहरुले २ अर्ब रुपैयाँले कर्जा लगानी बढाए। चौथो सातासम्म आउँदा बैंकहरुले अघिल्लो दुई सातामा घटेको कर्जा लगानी बराबरको लगानी बढाएर असार मसान्तसम्मको बराबर कर्जा लगानी पुर्‍याउन सफल भएको देखिन्छ। 

Monthly-Deposit-Growth1661068563.png

Ncell 2
Ncell 2

अघिल्ला आर्थिक वर्षमा के हुन्थ्यो?
अघिल्ला आर्थिक वर्षको साउन महिनामा सरकारको भुक्तानीमा सबैभन्दा धेरै पैसा जानेक्रम थियो। यसकारण साउनमा पहिले पनि पैसा घट्ने गरेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिल उपाध्याय बताउँछन्। ‘पहिलेका आर्थिक वर्षमा पनि निक्षेप घट्नेक्रम हुन्थ्यो। तर, यो पटक अलि बढी भएको देखिन्छ।’ उनी भन्छन्, ‘किन यस्तो देखियो भने अहिले आउनेक्रम प्रायः ठप्प छ। र, जानेक्रममात्र हुँदा पनि यस्तो देखिएको हो। यसलाई नौलो मान्नुपर्ने आवश्यकता म देख्दिनँ।’

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा वाणिज्य बैंकहरुमा कुल २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थियो। साउन मसान्तमा २४ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको संघको तथ्यांकले देखाउँछ।  यस आर्थिक वर्षमा एक महिनाको अवधिमा १५ अर्ब रुपैयाँले निक्षेप घटेको छ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा वाणिज्य बैंकहरुमा कुल ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। साउन मसान्तसम्म आउँदा निक्षेप संकलन ३४ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको थियो। यस आर्थिक वर्षमा पनि निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको देखिन्छ। 

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा बैंकहरुसँग ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप थियो। यसैगरी, साउन मसान्तसम्म यो निक्षेप ४३ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको थियो। चालु आवको एक महिनामा घटेको एक खर्ब २० अर्ब रुपैयाँ निक्षप संकलन अन्य समयमा भन्दा अस्वभाविक भएको पूर्वगर्भनर तथा अर्थशास्त्री दिपेन्द्रबहादुर क्षेत्री बताउँछन्। 

कहाँ गयो निक्षेप?
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठकाअनुसार पछिल्लो समय सरकारी निकाय जस्तै आयल निगमलगायतका संस्थानहरुको भुक्तानी भइरहेकाले पनि बैंकिङ च्यानलमा निक्षेप संकलन घटेको छ। उनी भन्छन्, ‘आयल निगम कै भुक्तानीले पनि पैसा ठूलोमात्रमा बाहिरिएको छ। सहकारी संस्थाहरुले बैकिङ क्षेत्रमा असारमा जम्मा गरेको पैसा फिर्ता लगिरहेका छन्। अहिले सहकारी क्षेत्रमा पनि तरलताको समस्या देखिएको छ। सरकारले असारमा आएर खर्च गरेको थियो। साउनमा खर्च गर्न सकेको छैन।’

नेपाल बैंकर्स संघका अध्यक्ष उपाध्यायकाअनुसार अहिले बैकिङ च्यानलबाट निक्षेप घट्नुको कारण सरकारी निकायको भुक्तानी बढ्नु हो। उनी भन्छन्, ‘अहिले सरकारी भुक्तानीमा पैसा बढ्ने समय हो। यसले गर्दा हाम्रो बैकिङ च्यानलबाट सरकारी भुक्तानीमा धेरै पैसा गइरहेको देखिन्छ।’ सरकारी निकायबाट भुक्तानी भएको पैसा कुन क्षेत्रमा गएको छ। त्यसबारे आफूहरुलाई थाहा नभएको उपाध्याय बताउँछन्।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा अर्थशास्त्री क्षेत्रीकाअनुसार अहिले बैकिङ च्यानलबाट निकालिएको पैसा अहिलेको मँहगीमा गएको छ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार मूख्य ४ कारण निक्षेप संकलन घटेको  छ। पोखरेल भन्छन्, ‘विदेशी लगानीको रुपमा रहेको निक्षेपको अवधी सकिएर यो परिपक्क भएको कारण यसलाई फिर्ता गर्नु पर्ने भयो। बैंकहरुले नेपाल राष्ट्र बैंकबाट लिएको फन्डिङको पनि समय अवधी सकिएर फिर्ता गर्नुपर्ने बेला भयो। यसैगरी, इन्टर बैंकिङ क्षेत्रबाट गरेको कारोबारको समय अवधी पुगेर निक्षप फिर्ता गर्नुपर्ने हुन्छ।’

बैंकिङ क्षेत्रमा निक्षेप संकलन घट्नुको अर्को कारण केही व्यक्तिले वालेटमा धेरै पैसा होल्डिङ गर्दा पनि बैकिङ च्यानलमा पैसा घटेको उनको बुझाइ छ। ‘असार मसान्त भनेको आर्थिक वर्षको अन्त्यको समय हो। जसका कारण सरकारको बैकिङ च्यानलमा जम्मा भएको पैसा खर्च हुन्छ।’ पोखरेल भन्छन्, ‘यसले पनि निक्षेप घटेको देखिन्छ।’

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर तथा अर्थशास्त्री क्षेत्रीकाअनुसार अहिले बैकिङ च्यानलबाट निकालिएको पैसा अहिलेको मँहगीमा गएको छ। उनी भन्छन्, ‘पैसा कहाँ गयो भन्ने कुरा गर्ने हो भने अहिले बजारमा भएको पैसा केही महँगीले खाएको छ। हिजो १० रुपैयाँमा पाउँने सामान आज १५ रुपैयाँ तिर्नु पर्ने अवस्था छ। यसकारण कसैले बैंकमा पैसा राखेका छन् भने त्यसलाई निकालेर बजारका सामानमा हालिरहेका छन्।’ 

अहिले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेप तथा कर्जाको ब्याजदर बढाउन निर्देशन दिएको भएपनि बैंकमा निक्षेप नबढ्ने संकेत पाएपछि बैंकहरु राष्ट्र बैंकको निर्देशनबाटै पछि हटेको उनी बताउँछन्। ‘बुल इन्सेन्सिटीभ भनेको ब्याजदर हो। केन्द्रीय बैंकले नै बैंकहरुलाई स्रोत र साधन छैन भने ब्याजदरले भए पनि केही रकम परिचालन हुन्छ भन्यो। राष्ट्र बैंकको यो भनाइलाई बैंकहरुले टेरेनन्। बैंकहरुले ब्याजदर बढाएर निक्षेप बढ्ने देखेनन्। त्यसकारण हामी बढाउँदैनौं भनेर बैंकहरुले ब्याजदर बढाएनन्। राष्ट्र बैंकले ट्रेजरी बिलमा नै १४ प्रतिशत ब्याजदर भनेको छ।’ क्षेत्री भन्छन्। 

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार मूख्य ४ कारण निक्षेप संकलन घटेको  छ।

क्षेत्रीको बुझाइमा पैसा बैंकिङ च्यानलबाट गायब हुनुको अर्को कारण निर्वाचन नजिकिँदै जानु हो। निर्वाचनको मिति घोषणा भइसकेकाले यसको तयारीमा राजनीतिक दलहरु लागेका छन्। दलहरुले चुनावको समयमा चाहिने पैसा अहिले नै विथ ड्र गरेर राखेका कारण पनि बैकिङ च्यानलमा पैसा घटेको उनी बताउँछन्। उनी भन्छन्, ‘देशको अहिलेको अवस्थामा लगानी गर्ने ठूलो ठाउँ छैन। यसकारण विकासका कामहरुमा पैसा खर्च भएको देखिन्न। बैंकमा देखिएको पैसा असारको अन्तिममा हिसाब किताबमात्रै बढेको हो कि जस्तो देखिएको छ।’

बैंकिङ क्षेत्रले असार मसान्तसम्म क्लोजिङको समय व्यवस्थापन गर्दा बैकिङ च्यानलमै नभएको पैसा देखिएर पछि फेरि घटेको हुन सक्ने क्षेत्रीको अनुमान छ।

‘बैंकहरुसँग पुरानो कर्जा एक करोड रुपैयाँ थियो। एक करोड रुपैयाँ कर्जाको ब्याज यताउता गर्दा एक करोड १० लाख रुपैयाँ भयो। बैंकले त्यो पैसा असुल भएको देखाउँछ। अनि त्यो सबै थप गरेर रिन्यू गरे जस्तो हुन्छ  (यसलाई बैंकरको भाषामा भन्दा लोनलाई ग्रिनिङ गर्ने भनिन्छ।) क्षेत्री उदाहरण दिँदै भन्छन्, ‘ग्रिनिङ गराउने भन्नाले पैसा थप आएको पनि हुँदैन। बैंकले थप कर्जा असुली गरेको पनि हुन्न। समझदारीमा एक दुई लाख रुपैयाँ थपे जस्तो गरी असुली पनि राम्रो देखाउँने र खराब कर्जा पनि घटेको देखाउने हो। अहिले हामी सबैजनाले नेपाल र भारतको सीमा क्षेत्रमा स्रोत नखुलेको ८०/९० लाख रुपैयाँ प्रहरीले समात्यो भनेर खबर सुन्ने गरेका छौँ। यसकारण के अनुमान गर्न सकिन्छ भने अनौपचारिक ढंगले नेपालको पैसा भारततर्फ पनि गइरहेको छ।’ क्षेत्री भन्छन्, ‘त्यो भनेको अनौपचारिक तरिका कै आयातमा पैसा ओहोरदोहोर भइरहेको पनि हो।’ 

क्षेत्रीकाअनुसार अहिले बजारमा जम्माजम्मी ६ खर्ब रुपैयाँमात्र छ। राष्ट्र बैंकले दिएको तथ्यांक हेर्ने हो भने ५ खर्बको आसपासमा चलनचल्तीको पैसा रहेको उनी बताउँछन्। ‘५ खर्ब पैसा भनेको सर्वसाधारणले तरकारी किन्न खर्च गरेको सानोभन्दा सानो रकम पनि त्यसभित्र पर्छ।’ उनी भन्छन, ‘बैकिङ क्षेत्रबाट हराएको निक्षपले चाहिँ यस्तो हिसाबकिताब देखाएर त्यति ठूलो रकम गायब भएको तथ्यांक देखाउँन सक्दैन। यसले गर्दा सरकारले आर्थिक वृद्धिको लागि लिएको लक्ष्य भेटाउन मुस्किल हुन्छ।’

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट साताको पहिलो कारोबार दिन आइतबार ११ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झण्डै २७ अंकले वृद्धि भएको हो। सोमबार, जेठ २६, २०८२
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबार दिन आज सेयर बजार ११ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६२९ विन्दुमा कायम भई बन्द भएको छ। आइतबार, जेठ २५, २०८२
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु शनिबार, जेठ ३१, २०८२
इमेज सहकारीका पीडितले लगाए संस्थापक अध्यक्ष तथा मेयर नेपालीको घरमा ताला शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
दुई बुँदे सहमतिबारे प्रचण्डले - एक महिनाभित्र छानबिन समिति नबने फेरि आन्दोलन गर्छौं शनिबार, जेठ ३१, २०८२
काठमाडौंदेखि चितवन जाँदै गरेको माइक्रो दुर्घटना शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्