• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
64x64
सुमित्रा कार्की शनिबार, पुस ३०, २०७९  २०:३७
1140x725

काठमाडौं– भारतको मुम्बईमा जन्मेका पर्शुराम कुँवर क्षेत्रीका बुबा त्यतिबेला हिस्दुस्तान लिभरमा काम गर्थे। एक्कासि पोखरामा रहेको उनीहरुको जग्गा सार्वजनिकीकरण हुने हल्ला चल्यो। त्यस्तो हल्ला चलेपछि पर्शुरामको परिवार १८ वर्षको मुम्बई बसाइ अन्त्य गर्दै पोखरा फर्कियो।

मुम्बई हुँदा पर्शुराम कक्षा २ मा पढ्थे। अंग्रेजी फरर जानेका उनलाई हिन्दी र नेपाली भने खासै आउँदैनथ्यो। ‘त्यो बेला नेपालमा कक्षा ४ बाट मात्र अंग्रेजी पढाइ हुन्थ्यो। म मुम्बईबाट आएर सिधै ४ कक्षामा भर्ना भएँ,’ उनी भन्छन्।

कक्षा ६ सम्मको अध्ययन पोखराको अमरसिंह माध्यमिक विद्यालयमा गरेका क्षेत्रीले २०३४ सालमा पोखराको प्रभात माध्यमिक विद्यालयबाट एसएलसी दिए। त्यो बेला पोखरामा एउटा मात्र क्याम्पस थियो, पृथ्वीनारायण क्याम्पस। सोही क्याम्पसबाट आफूले आईकम र बीकम गरेको उनी बताउँछन्। क्षेत्रीले स्नातकोत्तर गर्ने समयमा पोखरामा व्यवस्थापनको पढाइ हुँदैनथ्यो। उनीसँग एउटा मात्र विकल्प थियो, अर्थशास्त्र पढ्ने।

क्षेत्री भन्छन्, ‘अर्थशास्त्र पढ्ने निधो गर्दै फर्म भर्न पृथ्वीनारायण क्याम्पस गएको थिएँ। त्यो क्याम्पसका सहायक डिनले सोध्नुभयो, ‘किन आएको?’ मैले भनें, ‘म इकोनोमिक्स पढ्ने भएँ सर। फर्म भर्न आएको।'

क्षेत्री भन्छन्, ‘त्यो बेला मलाई सरले इकोनोमिक्स होइन, काठमाडौं जाउ र म्यानेजमेन्ट पढ भन्नुभयो। काठमाडौंमा म्यानेजमेन्ट पढेर पोखरामा फर्क र स्कुल पढाउ। यहाँ शिक्षकको धेरै अभाव छ। बिहान–बेलुका अन्य काम गर्न पनि पाइन्छ भन्नुभयो।

२०३९ सालमा काठमाडौं आएका क्षेत्रीको उद्देश्य थियो, व्यवस्थानमा मास्टर्स गर्ने र पोखरा गएर स्कुल र क्याम्पस पढाउने। उनी भन्छन्, ‘पोखरामा क्याम्पस पढ्दाका साथी थिए कृष्णराज लामिछाने। पछि उनी अन्नपूर्ण फाइनान्स, कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंकको सीईओ पनि भए। उनै लामिछाने र मैले काठमाडौंमा सँगै बसेर पढ्ने सल्लाह गरेका थियौं। हामी दुवै जना रुममेट भएर काठमाडौंमा स्नातकोत्तर पढ्न थाल्यौं।’

क्षेत्री काठमाडौं आएर शंकरदेव क्याम्पसमा म्यानेजमेन्ट पढ्न थाले। ‘म काठमाडौं आएर शंकरदेवमा भर्ना भएँ र साथीसँगै बागबजार बस्न थालें। त्यतिबेला बागबजार क्षेत्रमा क्याम्पसै क्याम्पस थिए।’

काठमाडौंमा पढ्न थालेपछि क्षेत्रीलाई शिक्षक बन्ने अवसर आयो। गोलढुंगामा रहेको नागार्जुन माध्यमिक विद्यालयमा अंग्रेजी पढाउने अफर आएको उनी सम्झन्छन्। उनी भन्छन्, ‘मैले उक्त स्कुलमा २८ महिना पढाएँ। तर सँगै पढाउने र पढ्ने गर्दा स्नातकोत्तर पहिलो वर्षको परीक्षा खासै राम्रो भएन।’ क्षेत्रीले आईकम र बीकममा क्याम्पस टप गरेका थिए। ‘पहिले क्याम्पस टप भएको व्यक्ति, पछि आएर चित्त बुझ्दो रिजल्ट नै आएन,’ उनी सुनाउँछन्, ‘त्यसले मेरो पोखरा गएर शिक्षक बन्ने कुरालाई असर गर्‍यो।’ 

रिजल्ट नै कमजोर भएपछि एकेडेमिक लाइनमा जान मन नलागेको क्षेत्री बताउँछन्। उनी भन्छन्, ‘विकल्प खोज्न थालें।’ त्यतिबेला नयाँनयाँ बैंक खुल्दै थिए। नबिल बैंक आइसकेको थियो। अन्य बैंक पनि आउँदै थिए। मैले चार/पाँच ठाउँमा आवेदन हालेको थिएँ। केही बैंकले बोलाए। त्यसमध्येको एक थियो, तत्कालीन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक) ले बोलायो।’ 

ग्रिनलेज बैंकको जागिरको लगभग फाइनल भएर काम गर्न थालेका क्षेत्री फेरि नेपाल बैंकको अधिकृत लेभलमा नाम निकाल्न सफल भए। उनी भन्छन्, ‘यता जागिर फिक्स भएलगत्तै नेपाल बैंकको अधिकृत पाँचौंमा पनि नाम निस्कियो। त्यही बेला कृष्ण लामिछानेको पनि उक्त पदमा नाम निस्कियो। लामिछाने गए, तर मलाई भने सरकारी जागिरमा जान जुरेन त्यो बेला। परिवारबाट सरकारी जागिर खानुपर्छ भन्ने प्रेसर त थियो तर म ग्रिनलेजमै गएँ,’ उनले सुनाए।

क्षेत्री सन् १९८६ जुन १५ मा ग्रिनलेज बैंकमा भर्ना भएका थिए। जसको कारोबार १९८७ जनवरीदेखि सुरु भएको उनी बताउँछन्। भन्छन्, ‘म यो बैंकका जोइन हुँदा मेरो पद थियो, बिल्स डिपार्टमेन्टमा ‘विल्स क्लर्क’को। यो भनेको अहिलेको ट्रेनी असिस्टेन्ट जस्तो हो। जुन डिपार्टमेन्टले क्यास र क्लियरिङबाहेक सबै काम गर्थ्यो।’

त्यो बेलामा एउटै बैंकमा भर्ना भएका उनका सहकर्मी थिए अजय श्रेष्ठ। क्षेत्री भन्छन्, ‘अजय श्रेष्ठजी पछि बैंक अफ काठमाडौंको सीईओ हुनुभएको थियो। तलब १७०० रुपैयाँ थियो। त्यसमा २३० रुपैयाँ खाजा भत्ता भनेर थपिदिन्थ्यो। ग्रिनलेज बैंक भर्खर सुरु हुन लागेकाले टिम बनाइरहेको थियो। मसँगै ७ जना एकैपटक भर्ना भए।’ 

त्योभन्दा अघि ६ जना भर्ना भइसकेका थिए। १३ जना जतिको टिम बन्यो। दुई जना भारतीय र एक जना ब्रिटिस सीईओ थिए। उनीसँगै भर्ना भएका धेरै बैंकर पछि विभिन्न बैंकमा सीईओ भएका छन्। उनी भन्छन्, मसँगै बैंकिङ क्षेत्रमा आएका अजय श्रेष्ठ, उदय उपाध्याय, सुदेश खालिङ, उपेन्द्र पौडेल सबै जना बैंकको कार्यकारी अधिकृत (सिईओ) पोस्टमा पुगेर अहिले पनि कति जना बैकिङ क्षेत्रमा नै हुनुहुन्छ।’

क्षेत्रीभन्दा जुनियर (दोस्रो ब्याच)मा भर्ना भएकाहरु पनि अहिले धेरै जना सिईओ भइसकेको उनी बताउँछन्। अनिल शाह, निरज श्रेष्ठ, अनुपमा खुञ्जेली, सुमन जोशी, सुनिल केसी लगायतका व्यक्तिहरु पनि अहिले बैंकिङ क्षेत्रमा सिईओ पोस्टमा रहेको क्षेत्री बताउँछन्।

क्षेत्री आफूले स्ट्याण्डर्ड चार्टर्डमा १७ वर्षसम्म जागिर खाएको बताउँछन्। उनी भन्छन्, ‘१७ वर्षसम्म खाएको जागिर छाडेर सन् २००३ जुलाईमा म नेपाल बैंकमा गएँ।’ त्यो बेला नेपाल बैंकमा क्षेत्रीलाई वल्र्ड बैंकको सम्झौतामा सञ्चालित एक वर्षको प्रोजेक्टका लागि लगिएको थियो। तर उनले त्यहाँ तीन वर्षसम्म काम गरे। वल्र्ड बैंकको समझौतामा सञ्चालिन प्रोजेक्ट सकिन लागेको बेला नेपालमा अर्को बैंक सञ्चालनमा आउने चर्चा चलिरहेको थियो। त्यो बैंकको हो, सिटिजन्स बैंक। उक्त बैंकमा उनलाई अफर आयो। 

क्षेत्रीलाई सिटिजन्स बैंकमा ल्याउनको लागि खोज्दै घरमै आइपुगेका थिए राजनसिंह भण्डारी। भण्डारीले क्षेत्रीलाई उक्त बैंकका सिईओ पोस्टको लागि अफर गरेका थिए। सन् २००७ जनवरीमा उनी सिटिजन्स बैंकका गए। उनी त्यहाँ गइसकेपछि बैंकले लाइसेन्स पनि पायो। क्षेत्री भन्छन्, ‘बैंक सञ्चालनमा आएको डेढ वर्ष हुँदै थियो। प्रमोटरबीच खटपट भयो। मलाई चित्त बुझेन। त्यही बेला अर्को अफर आयो, बैंक अफ एसियाबाट। बैंक अफ एसिया सञ्चालनमा आएको ५÷६ महिनामात्र भएको थियो। सीईओ थिएनन्।’

क्षेत्रीले सिटिजन्स बैंक छाडेर बैंक अफ एसियामा जाने मन बनाए र भण्डारीसँग सल्लाह गरे। भण्डारीले आफ्नो लाइफ बन्छ भने अर्को बैंकका जानको लागि सुझाव दिएको उनी बताउँछन्। भन्छन्, ‘सिटिजन्स बैंक छाडेर सन् २००८ मेमा चार वर्षे कार्यकालको लागि बैंक अफ एसियामा गएँ। चार वर्षको कार्यकाल सकियो र त्यही बेला बैंक अफ एसिया र एनआईसी मर्ज भए।’

त्यसपछि केही समय बैंकिङ क्षेत्रबाट बाहिरिएर उनी अध्यापनतिर लागे। क्षेत्री भन्छन्, ‘मलाई पढाउन एकदमै मन पर्ने। तालिम दिने र पढाउने विषयलाई म एकदमै महत्वको साथ हेर्छु। मलाई आफ्नो मृत्यु अब्दुल कलामजस्तै कक्षामा पढाउँदापढाउँदै होस् भन्ने इच्छा छ।’

उनले सन् २०१५ मा ग्रान्ड बैंकमा ६ महिना सीईओकै रुपमा कन्सल्टिङको काम गरेका छन्। त्यसपछि क्षेत्रीको बैंकिङ लाइफ जनता बैंकतिर मोडियो। ग्राण्ड बैंक छाडे लगत्तै जनता बैंकमा सल्लाहाकारको भूमिकामा काम गरे। त्यहीबेला जनता बैंकले त्रिवेणी विकास बैंकसँग मर्ज गर्ने भनेर प्रक्रिया अगाडि बढायो।

जनता र त्रिवेणी विकास बैंकको मर्जर सम्झौता समेत भइसकेको थियो। उनी भन्छन्, ‘त्यसलाई अन्तिम रुप दिने जिम्मेवारी मेरै कार्यकालमा भएको हो। त्यो बेला जनता बैंकको सिईओको कार्यकाल सकियो। केही समयसम्म बैंकमा कसलाई सिईओ बनाउँने भन्नेबारेमा डिसिजन हुन सकेन। अन्त्यमा मैले नै जनता बैंकको सिईओ बन्नुपर्ने अवस्था आयो।’

त्यो बेला क्षेत्री जनता बैंकमा दुई वर्ष सिईओमा काम गर्छु भनेर जोइन भएका थिए। जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने भयो। मर्जपछि पनि ग्लोबल आइएमई बैंकको सीईओमा पनि क्षेत्री नै थिए। ग्लोबल आइएमई बैंकको सिईओ पदबाट क्षेत्रीले ७ महिनापछि राजीनामा दिए। 

लगभग ३५ वर्षसम्म बैंकिङ क्षेत्रमा बिताएका क्षेत्री विगत साढे दुई वर्षदेखि अवकाश जीवन बिताइरहेका छन्। अहिले उनी घरमै अध्ययन, अनुसन्धानमा समय दिइरहेका छन्। बैंकिङ क्षेत्रमा हुने विभिन्न ट्रेनिङ तथा कार्यक्रमहरुमा सहभागी हुने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘मेरो दैनिकी सिक्ने र सिकाउने काममा बितिरहेको छ। विभिन्न कार्यक्रम, बैठकहरुमा भाग लिइरहेको छु।’

उनीसँग नेपालको बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव र विज्ञता छ। सन् १९८६ देखि बैंकिङ करिअर सुरु गरेका क्षेत्री स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई बैंकिङ क्षेत्रको महाविद्यालय ठान्छन्। उनी भन्छन्, ‘मैले सात बैंकमा जिम्मेवार पदमा रहेर काम गरे। तर मेरो बैंकिङ करिअरको पहिलो खुड्किलो भनेको ग्रिनलेज (हालको स्टाण्डर्ड चार्टर्ड बैंक) हो।’

बैंकिङ करिअरबाट निस्किँदै गर्दा क्षेत्री पछिल्लो पटक ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। बैंकिङ क्षेत्रको बारेमा पढाए, तालिम दिए र धेरै परामर्शको काम गरे। धेरै बैंक मर्जरको साक्षी पनि भए। सक्रिय बैंकिङ करिअरबाट विश्राम लिँदै गर्दा नेपालको अग्रणी मोबाइल भुक्तानी सेवा प्रदायक इसेवाको अध्यक्ष बनेका छन्। तीन देशकमा नेपालको बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ। यस परिवर्तनको साक्षी क्षेत्रीले सेवा सुरु गर्दाको बैंकिङ क्षेत्र र अहिले निकै फरक भएको छ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
व्यवसायीसँग गर्भनरको छलफल : चालू पुँजीकर्जाको निर्णयबाट ‘यूटर्न’ हुने संकेत
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्