काठमाडौं– इण्डियन आइडलका विजेता पवनदीप राजन र उपविजेता अरुणिता कान्जिलालको स्वरमा रहेको नेपाली गीत ’घामझैं बलेकी’ सार्वजनिक भएको छ।
‘कर्म’ एल्बममा समेटिएको उक्त गीतका शब्द एसपी सापकोटाका हुन्। संगीत शिखर सन्तोषको रहेको छ। उदयराज पौडेलले एरेञ्ज गरेका हुन्।
गीतको म्युजिक भिडियो समेत बनेको छ। जहाँ आश्माक विश्वकर्मा, राज कुमार आयान थपा र पारस कायस्थले अभिनय गरेका छन्। निर्देशन सुदिप बरालले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।