• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सीतामढीदेखि कान्तिसम्म : तंग्रिँदैछन् रविन, फर्किँदैछ सिलादेवीको खुशी
64x64
अन्शु खनाल शनिबार, असोज ८, २०७९  ०७:४१
1140x725

काठमाडौं- गत वर्ष असोजमा रौतहटको गढीमाई नगरपालिका–८ का  रविन सहनीलाई बेस्सरी ज्वरो आयो। लामो समय ज्वरो नरोकिएपछि आमा सिलादेवले भारतको सीतामढी लिएर गइन्। सीतामढीमा के भएको हो भन्ने पत्तो नलागेपछि उनीहरु बैरगनिया पुगे।

छोराको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको थियो। भएजतिको पैसा खर्च भइसकेको थियो तर अझै के भएको हो भन्ने पत्ता लागेको थिएन।

बैरगनियाबाट बिरामी छोरा च्यापेर उनी फेरि नेपाल नै फर्किइन्। १३ वर्षको छोरो शरीर दुख्यो भनिरहेको थियो। निरन्तर ज्वरो पनि आइरहेको थियो। घर फर्किएर पनि चुप लागेर बस्न सकिनन् उनी। त्यसपछि रौतहटकै गरुढास्थित हेल्थ केयरमा जाँच गराइन्। त्यहाँ पनि केही पत्ता लाग्न सकेन।

छोराको अवस्था देखेर सिलादेवीले मन थामेर बस्न सकिनन् र फेरि भारतको पटना पुगिन्। नेपाल र भारतका विभिन्न अस्पताल चाहार्दा चहार्दै उनी आफैं बिरामी जस्तो भइसकेकी थिइन्।

तर, छोराको पीडा देखेर उनलाई त्यो दौडाइ पनि सामान्य लाग्न थालिसकेको थियो। पटनाको अस्पतालले उनीहरूलाई वीरगञ्जको नारायणी अस्पताल रेफर गरिदियो।

एम्बुलेन्सलाई २५ हजार भारु तिरेर उनीहरू वीरगञ्ज आइपुगे। केही पत्ता लागिहाल्छ कि भन्ने आशा थियो उनलाई। तर, नारायणी अस्पतालमा पनि केही पत्ता लागेन।

सास रहुन्जेल आश रहन्छ भन्छन्, त्यही आशामा सिला फेरि छोरा लिएर रौतहटकै ग्रान्डी अस्पताल पनि पुगिन्। तर, उनले निरासा बाहेक केही हात पार्न सकिनन्।

लगभग ७/८ महिनाको अन्तरालमा न त छोरालाई ज्वरो कम भयो न त रोग नै पत्तो लाग्यो।

Ncell 2
Ncell 2

त्यसपछि सिला गाउँकै नेता डा बंशीधर मिश्रकोमा पुगिन्। मिश्रले उनलाई काठमाडौंको कान्ति बाल अस्पताल जान सुझाए।

काठमाडौं त जाने तर उनीहरुसँग पैसा थिएन। सामान्य खेतीकिसानी र मेलापात गरेर जीवन निर्वाह गरिरहेको सहनी परिवारले भारत र नेपालमा गरेर लाखौं खर्च गरिसकेको थियो। बाँकी थियो जम्मा–पाँच धुर जमिन।

छोराको रोग पत्ता लाग्छ भने जे पनि गर्न तयार थिए उनीहरु। अन्ततः उनीहरुले त्यही पाँच धुर जमिन महाजनकोमा धितोमा राखेर पाँच लाख रुपैयाँ ऋण लिए।

काठमाडौं आउनुभन्दा अगाडि गाउँमै अलिअलि चन्दा पनि उठाए। त्यहाँका नेता हरि यादवले पनि सात हजार रुपैयाँ सहयोग गरे उनीहरुलाई।

काठमाडौं आएर कान्ति बाल अस्पतालमा जाँच गर्दा रविनलाई लिम्फोमा भएको पत्ता लाग्यो।

उनीहरु काठमाडौं आएको चार महिना पुगिसक्यो। चार महिनामा तीन लाख रुपैयाँ सकिसक्यो। रविन अहिले धेरै फुर्तिलो भएका छन्। उनको तेस्रो चरणको किमोथेरापी भर्खरै सकियो।

पाँच कक्षा पढ्दापढ्दै बिरामी परेका रविनलाई छिटो निको भएर स्कुल जाने रहर छ।

पैसाको अभाव छ, धितो राखेको जग्गा जाने पक्का छ तर पनि सिला छोरा निको हुँदै गरेको देखेर खुशी छिन्।

महाराजगञ्जको आश्रममा बसिरहेका रविन र सिलालाई काठमाडौं नौलो लाग्छ। स्थानीय भाषामा बोल्ने उनीहरुको कुरा न कसैले राम्रोसँग बुझ्छ न त उनीहरुले यहाँको भाषा बुझ्छन्।

‘औषधि किन्न, खानेकुरा खान जाँदा, डाक्टरहरसँग बोल्दा पनि अप्ठ्यारो हुन्छ’, सिलाले भनिन्।

गत हप्ता कान्ति बाल अस्पतालमा उपचार गरेर क्यान्सर निको भएका बालबालिकाको भेला थियो। त्यही भेलामा भेटिएका थिए सिला र रविन पनि।

क्यान्सर निको भएका अन्य बालबालिकाहरू देखेर सिलाले आफूपनि केही बोल्छु भन्दै हात उठाइन्। ‘क्यान्सर भन्ने शब्द नै डरलाग्दो लाग्थ्यो। कति अस्पताल चाहार्दा चाहार्दा कान्ति आएपछि आफ्नै छोरालाई क्यान्सर भएको थाहा भयो। अहिले उपचार भइरहेको छ। सबै डाक्टरहरुलाई धन्यवाद। छोरो निको हुन्छ भन्ने आशा गरेकी छु,’ उनले आफ्नै भाषामा भनिन्।

उनका श्रीमान विन्देश्वर सहनी रौतहटमै छन्। मेलापात जान्छन्, खेतिपाति गर्छन्।

सिला छोरोको उपचार्थ गाउँपालिकाले बनाइदिएको कागज बोकेर घरि नक्साल पुग्छिन् घरि माछापोखरी।

कसैले सहयोगमा दिएको पाँच/दश रुपैयाँमा पनि छोराको जीवन देख्छिन् उनी। छोराको खुट्टा मिच्दै उनी भन्छिन्, ‘सब कुछ ठीक होजाएगा।’

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्