• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्वतन्त्र उम्मेदवारको विगत : जित्छन्, तर पार्टी प्रवेश गर्छन्, नत्र ओझेल पर्छन्
64x64
किशोर दहाल मंगलबार, असोज ११, २०७९  २०:३७
1140x725

काठमाडौं– ३० वर्षे लामो पञ्चायती शासन ढलेपछि २०४८ वैशाखमा भएको पहिलो निर्वाचनमा ३ जना स्वतन्त्र उम्मेदवारले जित निकालेका थिए, राजदेव गोइत (सिरहा- ४), गोविन्द चौधरी (रौतहट- ३) र ओमकारप्रसाद गौचन (बागलुङ- ३)। तर ती लामो समय स्वतन्त्र नै रहिरहन सकेनन्।

तत्कालीन २०५ सदस्यीय प्रतिनिधि सभाको बहुमत प्राप्त र सरकार सञ्चालक दल नेपाली कांग्रेस थियो। स्वतन्त्र जितेका तीनै जना सांसदहरु २०४८ असारमै कांग्रेससँग जोडिए। ३ वर्षपछि २०५१ मा भएको निर्वाचनमा गोइत सिरहा- ४ मै कांग्रेसबाट उम्मेदवार बन्दै जित निकाले। अन्य २ भने प्रतिस्पर्धामा देखिएनन्। ओझेल परे।

२०५१ सालमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा जित निकालेका शरदसिंह भण्डारी र पाल्तेन गुरुङ जस्ता नेताहरु कांग्रेससँग जोडिएर अघि बढे। भण्डारी पछि मधेस केन्द्रित दलतिर लागे। ज्योतेन्द्रमोहन चौधरी राप्रपा प्रवेश गरे। कोही पनि पार्टीविहीन भएर बसेनन्।

२०५६ सालको आम निर्वाचनमा जित्न त ७ जना स्वतन्त्र उम्मेदवारले जितेका थिए। तर उनीहरु संयुक्त जनमोर्चा, राष्ट्रिय जनमोर्चा वा नेमकिपा जस्ता दलका उम्मेदवार थिए। ३ प्रतिशत मत कटाउन नसकेका कारण ती पार्टीका सांसदको हैसियत स्वतन्त्र हुन पुगेका थियो। त्यसैले उनीहरु स्वतन्त्र उम्मेदवार भएको विषय प्राविधिक मात्रै थियो।

पहिलो संविधान सभाको निर्वाचनमा २ जना स्वतन्त्र उम्मेदवारहरु विजयी भएका थिए, सदरुल मिया हक (सप्तरी- ५) र बबन सिंह (रौतहट- १)। हकले लामो राजनीतिक जीवन बाँच्न पाएनन्। २०७० जेठमै उनको हत्या भयो। सिंह भने तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम हुँदै तत्कालीन नेकपाको विभाजित वातावरणमा केपी ओली समूहमा प्रवेश गरेका थिए।

२०७० मा स्वतन्त्र उम्मेदवारको रुपमा जित निकालेका चन्द्रेश्वर झा २०७४ मा राजपा प्रवेश गरे। स्वतन्त्र उम्मेदवारकै रुपमा विजयी अतहर कमाल मुसलमान पनि पछि कांग्रेस प्रवेश गरे।

२०७४ सालमा पनि हुम्लाबाट एक स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। तर, उनी माओवादी पृष्ठभूमिका थिए। जितपछि पनि उनी माओवादी निकट नै छन्। माओवादी सांसदकै रुपमा प्रस्तुत हुने गरेका छन्।

२०४८ सालयताको प्रतिनिधि सभाको गठन हेर्ने हो भने १५ जना स्वतन्त्र उम्मेदवारले जित निकालेको देखिन्छ। तर, स्वतन्त्र रुपमै आफ्नो छवि कायम राखेर राजनीतिक यात्रालाई निरन्तरता दिएको, प्रतिनिधि सभामा सशक्त भूमिका खेलेको देखिँदैन। बरु एकपटक जित्ने र पार्टी प्रवेश गरेर त्यहीँबाट राजनीति अघि बढाउने गरेको देखिन्छ। कैयौँ त ओझेल पनि परेका छन्। दोहोर्‍याएरै स्वतन्त्र उम्मेदवार बनेको पनि पाइँदैन।

हामीले अपनाएको व्यवस्था र त्यस अन्तर्गतका संरचनाका कारणले स्वतन्त्र सांसदलाई स्वतन्त्र हैसियतमै रहिरहन कठिन हुने गरेको बताउँछन्, राजनीतिक विश्लेषक डा उद्धव प्याकुरेल। ‘हामीले अपनाएको व्यवस्था नै बहुदलीय व्यवस्था हो। बहुदलीय भनिएपछि हाम्रा संरचनाहरु पनि सोही अनुसार बनेका छन्। संसद्‌मै पनि दलका संसदीय कार्यालय हुन्छ, स्वतन्त्रका लागि हुँदैन। अन्य संरचनाहरु पनि त्यही अनुसार बनेको सन्दर्भमा स्वतन्त्र सांसद भएर आउनेहरुले पाउने 'स्पेस' र अन्य प्रकारका संरचनागत सुविधाहरु पाउँदैनन्,’ उनले भने।

दलीय सरकार हुने भएकाले स्वतन्त्र सांसदहरुले मन्त्री बन्ने अवसर पनि विरलै पाउँछन्। गैरसरकारी विधेयकहरु ल्याउन त पाइन्छ, तर त्यसले कानुनी रुप पाउने सम्भावना ज्यादै कम हुन्छ। कतिपय दुर्लभ अवस्थामा सरकार बनाउन र गिराउन स्वतन्त्र सांसदको भूमिका रहने गरेको देखिन्छ। अरु बेला हाम्रो प्रणालीले उनीहरुलाई वास्ता गरिरहेको हुँदैन।

त्यसो त, संविधानमै पनि प्रधानमन्त्री बन्ने सन्दर्भमा दलका विषयलाई विभिन्न उपधाराहरुमा लेखिएको छ। बहुमतप्राप्त दल, दुई वा दुईभन्दा बढी दल, सबैभन्दा ठूलो दल जस्ता विषय लेखिएको छ। अन्तिममा मात्रै दलभित्र कै जोसुकै वा स्वतन्त्र सांसदको लागि व्यवस्था गरिएको छ। सोहीअनुसार अहिले शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन्। प्याकुरेल भन्छन्, ‘हाम्रो व्यवस्थाको नाम, व्यवस्थासँगै आएका संरचनाहरुका कारण स्वतन्त्र रुपमा जित्नेहरुलाई पनि स्वतन्त्र रुपमा टिक्न गाह्रो हुन्छ।’

स्थानीय तहको मेयर वा वडाध्यक्ष जित्दाखेर त्यस्ता संरचना पछ्याउनुपर्दैन। ५ वर्षका लागि आफैंले ऐन बनाउन सक्छ। व्यवस्थाले दिएको अन्य अधिकार स्वतन्त्र रुपमा प्रयोग गर्न सक्छ। त्यहाँ दलीय अवरोध धेरै कम मात्रै हुन्छ। त्यसैले त्यहाँ स्वतन्त्रले आफ्नो भूमिकालाई फैलाउन सक्छ। जबकि संसद्‌मा त्यस्तो हुँदैन। ‘स्थानीय तहको संरचना र संसद्‌को संरचना फरक हुन्छन्। त्यसैले जितेर पनि स्वतन्त्र सांसदको रुपमा त्यही कार्यकालमा पनि रहन गाह्रो र पछि निरन्तरता दिन पनि अर्को समस्या हुने गर्छ,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्