काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि बुझाएको बन्दसूचीमा नाम रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफूले प्रत्यक्षतर्फ नै निर्वाचन लड्न चाहेको बताएका छन्।
‘जहाँसम्म मेरो व्यक्तिगत कुरा हो। म प्रत्यक्ष निर्वाचन नै लड्न चाहेको छु। त्यो कुरा मैले नेतृत्व तहसँग स्पष्ट ढंगबाट पटक–पटक बताएको छु’, उनले भने।
महतले काठमाडौं वा नुवाकोटबाट निर्वाचन लड्ने चर्चा भइरहेको सन्दर्भमा उनी समानुपातिकको बन्दसूचीमा परेका थिए। २०७४ को निर्वाचनमा उनी काठमाडौं ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलसँग पराजित भएका थिए।
त्यतिबेला पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत मात्रै पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।