काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउनका लागि पदाधिकारी बैठक बस्दैछ।
संस्थापन इतर पक्षले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको बन्दसूचीमा एकलौटी गरेको भन्दै विरोध जनाएपछि पदाधिकारीको बैठक बोलाइएको हो।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले नेपाल लाईभलाई जानकारी दिए। शेखर समूहले पार्टीभित्र ४० प्रतिशत उम्मेदवारहरुको भाग खोज्दै आएको छ। सभापति देउवाले निर्णय नसच्याए आन्दोलनमा जाने शेखर समूहले सोमबार निर्णय नै गरिसकेको छ।
आन्तरिक कलह उत्पन्न भएसँगै कांग्रेसले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै त्रुटि सच्याइने जनाएको छ। साथै शेखर समूहको विरोधबारे शुक्ष्म रुपमा नियालिरहेको प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।