काठमाडौं– गायिका अमृता लामिछानेको प्रस्तुति तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा निर्मित म्युजिक भिडियो ‘पाटको नेती, काठैको मदानी’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त भिडियो सार्वजनिक गरिएको हो।
दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलले स्वर तथा संगीत दिएका छन् भने उनको साथमा गायिका अमृता लामिछानेको स्वर रहेको छ। विधान कार्की निर्देशित भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ, बिना राउतलगायतले अभिनय गरेका छन्।

गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गायक तथा संगीतकार पोखरेलले निर्देशक कार्कीले बनाएका यसअघिका ‘नबोली नबोली’ लगायतका अन्य गीतहरु सुपरहिट रहिसकेको स्मरण गर्दै यो गीतले पनि त्यस्तै सफलता पाउने विश्वास व्यक्त गरे। उनले गायिका लामिछानेसंगै आफुले गएको गीत श्रोता, दर्शकहरुले रुचाउने आशा व्यक्त गरे।
भिडियो निर्देशक कार्कीले दशैँको शुभकामना स्वरुप यो गीत सार्वजनिक गरेको बताए। यसपटकको विजया दशमी ‘पाटको नेती काठैको मदानी’ गीतले उल्लासमय बनाउने विश्वास उनले लिए। कार्यक्रममा बोल्दै कलाकारहरुले संसारभरि रहेका सबै नेपालीलाई दशैंको शुभकामना व्यक्त गरेका थिए।
भिडियोका कोरियोग्राफर दिपक एम. सिंह हुन् भने अशिम रानाभाटको कस्ट्युम डिजाईन र दिपेन गौतमको प्रोडक्शन डिजाईन रहेको छ। दिपेन्द्र कार्की पिआर म्यानेजर रहेका छन् भने मनिषा पोखरेल कला निर्देशक हुन्। भिडियोमा केशव पाण्डेको स्टिल फोटोग्राफी, हरि हुमागाईंको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।
भिडिओ हेर्नुस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।