चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका दुई स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूला–ठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ। यता इच्छाकामना गाउँपालिका–६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी साधान सञ्चालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।