तस्बिर: गेट्टी ईमेज काठमाडौं– ‘पप आइकन’ मानिने अमेरिकी गायक (र्यापर) आरोन कार्टरको निधन भएको छ। ३४ वर्षीय आरोनको शनिबार शंकास्पद अवस्थामा शव फेला परेको जनाइएको छ।
आरोनले सन् १९९७ मा मात्र ९ वर्षको उमेरमा आफ्नो पहिलो एल्बम ल्याएका थिए। आरोन ‘ब्याकस्ट्रिट बोइज’का सदस्य निक कार्टरका भाइ हुन्।
बिग अम्ब्रेला मैनेजमेन्टमा कार्टरका एजेन्ट टेलर हेलगेसनले उनको निधनको पुष्टि गरेका छन्। आरोनको परिवारले उनको निधनका सम्बन्धमा छिट्टै एउटा बयान जारी गर्ने बताइएको छ।
ट्याब्लोइड बेवसाइट टीएमजीका अनुसार आरोन क्यालिफोर्नियाको ल्यान्कास्टरस्थित आफ्नो घरमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए।
संगीतामा आरोनको करिअर सन् १९९७ बाट सुरु भएको थियो। त्यतिबेला उनले आफ्नो पहिलो स्टुडियो एल्बम लञ्च गरेका थिए। अमेरिकामा निकै चर्चित बनेको गीत ‘क्रस अन यू’ पनि उक्त एल्बममा समावेश थियो। त्यसपछि उनले रेकर्डिङ डिल साइन गर्नुका साथै ब्याकस्ट्रिट बोइजको कार्यक्रममा पनि सामेल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।