• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत स्याङ्जा स्याङ्जा २ ले पनि दिन सक्छ ‘सरप्राइज’!
डिबी खड्का/नारायण अधिकारी मंगलबार, कात्तिक २९, २०७९  १५:१४
1140x725

स्याङ्जा– बाहिरबाट झट्टा हेर्दा स्याङ्जाको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका दुई हेभिवेट (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्‌मा अर्याल) बीच प्रतिस्पर्धा हुने देखिन्छ। स्याङ्जा नपुग्दासम्म हाम्रो अनुमान पनि त्यही थियो। निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी अर्याल र नेता गुरुङ मुख्य प्रतिस्पर्धी हुन् भन्ने हाम्रो बुझाइ स्याङ्जाको वालिङ पुगेपछि भने खण्डित भयो। 

उनीहरु दुबैका लागि चुनौतीका रुपमा देखिए, टिकराज गुरुङ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका टिकराजले सत्ता गठबन्धन र एमाले दुवैलाई कडा चुनौती दिइरहेका छन्। प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ। 

पाल्पाको तानसेन हुँदै वालिङतर्फ अघि बढ्दा स्याङ्जा सुरु भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’को प्रचारप्रसार देखिन थाल्यो। विशेषगरी अटो र घरका भित्तामा स्वतन्त्र पार्टीको ब्यानर देखिन थालेपछि हामीले उम्मेदवारका बारेमा सोधखोज गर्‍यौं।

Dhanraj_Gurung1668503801.jpg
धनराज गुरुङ, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार

वालिङ पुगिसक्दा थाहा भयो, स्वतन्त्रका उम्मेदवार टिकराज गुरुङ लोकप्रिय रहेछन्। रविका कारण नभइ टिकराजका कारण स्याङ्जामा ‘घन्टी’को झंकार बढ्दो क्रममा छ। 

एकरात वालिङको बसाइपछि हामीले गुरुङ र अर्यालका साथै टिकराजलाई  खोज्यौं। वालिङ नगरपालिका–१० स्थित भेनस होटलमै थिए धनराज। त्यहीँ हामीले टिकराजलाई पनि बोलायौं। झट्ट हेर्दा खासै उमेर खाएको नदेखिने एक पुरुष होटेलको गेटबाट छिर्नेबित्तिकै आंगनमा रहो भीडले ‘गुरु’ भन्दै नमस्कार टक्र्यायो । कांग्रेस उम्मेदवार धनराजले त्यहीँ रात बिताएकाले कांग्रेस कार्यकर्ताको बाक्लो भीड थियो। चारतारे झण्डा बोकेका युवाहरुले पनि ती अधबैंसै पुरुषलाई नमस्कार गर्दै जितको शुभेच्छा दिन थाले। हामी लगभग पक्का भयौं, टिकराज उनै हुन्। 

गुरुङ हामी नजिकै पुगेपछि उनलाई ठट्टा गर्‍यौं, ‘यहीँ शुभकामना र शुभेच्छा रहेछ। जुन सवै उम्मेदवारलाई दिँदा पनि बदर नहुने। कांग्रेसका कार्यकर्ताले पनि शुभेच्छा प्रकट गरे तपाईंलाई।’

 

Ncell 2
Ncell 2

टिकराजले हाँस्दै भने, ‘यी अहिले झण्डा बोक्ने सबै मेरा विद्यार्थी हुन्। उनीहरु नेता भइसके। म भर्खर सिक्दैछु।’

२०४५ सालदेखि टिकराजले स्याङ्जामा पढाउन थालेका रहेछन्। ‘यहाँको ढुंगा माटोमा म धेरै रोएको छु। मेरो दु:ख पाइ–पाइ यहाँको माटोलाई थाहा छ। असल शिक्षक भएर समाज परिवर्तन गर्न सकिने आशामा ३४ वर्ष बिताएँ। प्रश्न गरेर थप योगदान गर्न सकिन्छ भनेर स्थानीय रेडियो र टिभीमा पनि १०/१२ वर्ष काम गरें। तर त्यतिले मात्रै पर्याप्त नहुँदो रहेछ। अहिले आफैं प्रतिनिधि हुने बाटोमा लागेको छु।’

वालिङ क्षेत्रका उनी लोकप्रिय शिक्षक मात्रै होइन, सञ्चारकर्मी र समाजसेवी समेत रहेको स्थानीयहरुले बताए। उनले राजनीति रोजेकोमा वालिङ क्षेत्रका अधिकांस खुसी छन्। स्थानीयबाट पाएको मायाबाट उनी उत्साहित पनि छन्। 

आफ्नो क्षेत्रका हरेकजसो घरपरिवारसँग उनको दोहोरो चिनजान छ। कुनै न कुनै रुपमा हरेक घरपरिवारका सदस्यसँग आफू जोडिएको उनी बताउँछन्। ‘कुनै परिवारका छोराछोरीलाई मैले पढाए होला। कुनै परिवारका छोराछोरी नपढाए पनि सामाजिक कामको माध्यमबाट भए पनि म कुनै न कुनै रुपमा हरेक परिवारसँग जोडिएको छु। उहाँहरुले टिकराज कस्तो व्यक्ति भन्ने राम्रोसँग चिन्नुहुन्छ। यो माया मंसिर ४ मा पनि देखिनेमा म विश्वस्त छु,’ टिकराज बताउँछन्। 

स्थानीयका अनुसार उनले पढाएका विद्यार्थी डाक्टर, पाइलट र इञ्जिनियरदेखि सबै पेसामा छन्। उनी थप्छन्, ‘मेरो विद्यार्थी नपुगेको देश पनि छैन होला।’ अहिले उनका लागि विदेशबाट समेत भोट माग्न थालिएको छ। घरपरिवारलाई भोट दिन स्थानीयका छोराछोरीले विदेशबाटै दबाब दिन थालेको स्थानीय देविका पराजुली बताउँछिन्। उनी भन्छिन्, ‘असल शिक्षक  त हुनुहुन्छ नै, गाउँठाउँमा केही पर्दा अघि  सरिहाल्ने उहाँको स्वभाव छ।’

उता टिकराज लोकप्रिय हुँदै गएका छन् भने यता अर्याल यसअघि यही क्षेत्रबाट जितेर मन्त्री समेत भइसकेकाले असन्तुष्टि झेलिरहेकी छिन्। 

निर्वतमान सांसद अर्यालप्रति सवै मतदाता सन्तुष्ट छैनन्। मन्त्री समेत हुँदा आफूहरुको क्षेत्र उपेक्षामा परेको र अर्यालले खास खेदिने गरी विकासको काम नगरेको उनीहरुको आरोप छ। सन्देश न्यौपानेले भने, ‘कसैले सम्पत्ति कमायो भने घर जग्गा जोड्ला नि। अनि न सम्पत्ति कमाएछ भन्ने थाहा हुन्छ। नत्र सम्पत्ति कमाएको छु भन्दैमा कसैले पत्याउँदैन। अर्यालको पनि त्यस्तै देखियो। उनले गरेको छु भने भनेर भन्दा त्यसको महसुस स्याङ्जालीले गरेका छैनन्।’

Padma_aryal1668503838.jpg
पद्‌मा अर्याल, एमाले उम्मेदवार

अर्यालले त्यही चिर्नका लागि कामको फेहरिस्त उतारिएको पुस्तिका बाँडिरहेकी छिन् भने हरेक घरदैलोमा जाँदा आफूले ल्याएका योजना सुनाउन सक्नेगरी कन्ठस्थ पारेकी छिन्। यसले केही हदसम्म असन्तुष्टि मत्थर गर्दै गएको देखिन्छ । खासगरी जितेर गएपछि फर्केर घरदैलोमा नआएको गुनासो रहेछ। वालिङ ११ मियालेमा उनले घरदैलो गर्दै गर्दा यही गुनासो आयो। उनले भनिन्, ‘जिताएर माथि पठाउने अनि अहिले यहाँ खोजेर पाइन्छ ? कसैको तुलसीको मठ रोप्न आइन होला। काम त भएकै छ नि। वडाले गर्ने काममा पनि संघीय सांसदको भूमिका खोजेर हुन्छ र?’  यही क्रममा उनले गरेका काम सुनाइन् र स्थानीय केही सन्तुष्ट देखिए।

कांग्रेसका तर्फबाट सत्ता गठबन्धनकका उम्मेदवार गुरुङलाई भने ‘बाहिरिया’को आरोप चिर्न मुस्किल परिरहेको छ। स्थानीय पुष्प हमालले भने, ‘उहाँको ठाउँ दुई नम्बर क्षेत्रमा पर्दैन। उहाँले टिकट ल्याउँदा स्थानीय कांग्रेस पनि खुसी छैनन्।’

धनराजका लागि अन्य दुई चुनौती पनि छन्,  पहिलो सामुदायिक (गुरुङ) भोट एकलौटी गर्न नपाउनु। एकपक्षीय हुन सक्ने भोट बाँडिदा त्यसको लाभ अर्याललाई पुग्ने स्थानीय बताउँछन्। अर्को कांग्रेसको गढ क्षेत्र मानिएको वालिङ र भीरकोट क्षेत्रको भोट पनि टिकराजले बढी लिने आंकलन गरिएको छ। स्थानीय कमल पंगेनी भन्छन्, ‘वालिङमा अहिले एमालेले जिते पनि कांग्रेसको गढ क्षेत्र हो। यहीँ टिकराज बलिया छन्। यसले पद्‌मा अर्याललाई नै फाइदा पुग्छ।’ 

तीन उम्मेदवारका फरक-फरक अजेन्डा
मुख्य प्रतिस्पर्धामा रहेका यी तीन उम्मेदवारका आ-आफ्ना अजेन्डा छन्। एमालेकी सचिव समेत रहेकी अर्यालले समृद्धिको सपना बाँडिरहेकी छिन्। यसअघि पनि उक्त क्षेत्रमा आफूलाई जिताएपछि धेरै बजेट पार्न सफल रहेको बताउँदै त्यहीकारण फेरि रोज्ने नेपाल लाइभलाई बताइन्। 

अर्यालले भनिन्, ‘व्यवस्था परिवर्तन गरियो। आफूहरु सरकारमा हुँदा ऐन, कानून बनाउने जस्ता महत्त्वपूर्ण काम भए। चुच्चे नक्सा जारी भयो। अब पालो समृद्धिको छ। एमालेले बाचा गरेका सपना र थालेका कामहरु पूरा गर्न र समृद्ध नेपाल निमार्ण गर्न पनि हामीहरुको जित आवश्यक छ।’ 

अर्का प्रतिस्पर्धी धनराजले स्थानीय विकास बाहेक आफ्नो मुख्य अजेण्डा सुशासन रहेको बताएका छन्। भ्रष्टाचार अन्त्य नगरी सुशासन सम्भव नहुने र सुशासन नभइ देश विकास सम्भव नभएकाले आफ्नो पहिलो प्राथमिकता सुशासन रहेको धनराजले हामीसँगको कुराकानीमा बताए। 

शिक्षण पेसाको ‘बाटो’बाट राजनीतिको ‘राजमार्ग’मा आइपुगेका टिकराज गुरुङको अजेन्डा भने परिवर्तन छ। पुराना दलबाट देशको विकास सम्भवन हुन नसकेकाले परिवर्तन गर्न नयाँ बाटो अपनाउनु पर्ने अवस्था आइसकेको उनको बुझाइ छ। मानिसका सामाजिक, आर्थिक अवस्था परिवर्तन गर्नका लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै उनी भोट माग्न व्यस्त छन्।

धनराज र पद्‌मालाई टक्कर दिने टिकराज को हुन्?
टिकराजले वालिङमै रहेको भवानी माविबाट २०४४ सालमा एसएलसी पास गरेका थिए। त्यसपछि उनी अध्यापन पेसामा आबद्ध भए। २०४५ देखि २०५२ सम्म वालिङकै बाल विद्या विकास अंग्रेजी आवसीय माविमा अध्यापन गरेका थिए। 

७ वर्षसम्म वालिङमा पढाएका टिकराज त्यसपछि भने अध्यापन गराउने क्रममै काठमाडौं हानिए। काठमाडौंको गल्कोपाखास्थित सगरमाथा अंग्रेजी आवासीय माविमा उनले २०५३ देखि २०५४ सम्म एक वर्ष अध्यापन गराए। काठमाडौंमा एक वर्ष अध्यापन गराएपछि उनी फेरि आफ्नै गाउँ फर्किए। त्यसयता उनी निरन्तर स्याङ्जामै छन्। २०५४ देखि वालिङको नेपाल आर्दश माविमा उनी निरन्तर अध्यापनरत थिए। 

Tikraj_Gurung_1668503873.jpg
टिकराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

शिक्षकका अलवा उनी सञ्चारकर्ममा पनि जोडिएका रहेछन्। करिब १३ वर्षसम्म उनले रेडियो आँधीखोलामा काम गरे। वालिङ टेलिभिजनमार्फत् पनि उनले विभिन्न सन्देशमुलक कार्यक्रम प्रस्तुत गरे।

अध्यापन र सञ्चारकर्म बाहेक आफू संगीतप्रेमी पनि रहेको टिकराज सुनाउँछन्। ‘आमा सजीव मेरी देवी हुन्’ गीत टिकराजले लेखे। खेलमा पनि उनको पहिचान छ। भलिबलको क्षेत्रीय खेलाडीसम्म रहेका उनी त्यसक्रममा पनि गाउँ-गाउँ पुगेका रहेछन्।

यो बाहेक गाउँलेले भने उनलाई सामाजिक अभियन्ताको रुपमा पनि चिन्ने गर्छन्। गाउँघरमा कोही बिरामी पर्दा टिकराज नै अघि सर्छन्। किड्नी फेल, क्यानसर, ब्लड क्यानसर तथा अन्य रोगबाट पीडित, भूकम्प पीडितहरुका लागि सहयोग गर्ने, चन्दा संकलन गर्ने काममा पनि टिकराज खटिने गरेको वालिङबासी बताउँछन्।

के छ अंक गणित?
२०७४ सालको निर्वाचनमा एमाले–माओवादी (वाम गठबन्धन) हुँदा पद्‌मा अर्यालले बाजी मारेकी थिइन्। उनले कांग्रेस पूर्वउपसभापति समेत रहेका गोपालमान श्रेष्ठलाई हराएकी थिइन्। माओवादीको समेत साथ पाएकी अर्यालले त्यतिबेला झण्डै ४ हजार मतको अन्तरले विजयी भएकी थिइन्।

यो पटक भने परिस्थिती केही फरक छ। माओवादीले कांग्रेसलाई सहयोग गरेको छ। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार धनराज बनेका छन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजालाई हेर्ने हो भने सत्ता गठबन्धन त्यहाँ एमालेभन्दा अगाडि देखिएको छ। नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेकाहरुले ३६ हजार ८ सय ६ मत ल्याएका थिए भने नेकपा एमालेका वडाध्यक्षहरुले ३४ हजार ८ सय ९ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार ४ सय ४७, राप्रपाले ५११, एकीकृत समाजवादीकाले २३३ मत ल्याएका थिए। 

स्थानीय चुनावमा पाएका मतहरुमा भने अहिले केही उलटफेर हुने देखिन्छ। धनराज र पद्‌मालाई टक्कर दिन आइपुगेका टिकराजले स्थानीय तहको निर्वाचनको गणित बिगार्ने निश्चित छ। माहोल यही तरिकाले बन्दै र बिग्रिदै गए स्याङ्जा- २ ले सरप्राइज पनि दिन सक्छ!

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:१४
  • #चुनाव_२०७९
  • #स्याङ्जा
  • #प्रतिनिधिसभा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, जेठ २५, २०८२
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्