• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रचण्डको 'मार्गपरिवर्तन' : दौरा सुरुवालमा सपथ, साइत हेरेर बालुवाटार प्रवेश 
64x64
नेपाल लाइभ बुधबार, पुस १३, २०७९  २०:४९
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। आइतबार नै प्रधानमन्त्रीमा नियुक्त भएका र सोमबार सपथ समेत लिएका उनी आफ्नो निवास खुमलटारमा बस्दै आएका थिए। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहान बालुवाटारबाट बाहिरिएपछि साँझ नै प्रचण्ड प्रवेश गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड साइत हेराएर बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका हुन्। उनले बुधबार मात्रै ज्योतिषीलाई बोलाएर साइत हेर्न लगाएका थिए। साइत हेर्ने ज्योतिषी टीकाराम घिमिरेले नेपाल लाइभसँग भने, 'प्रधानमन्त्रीको सचिवालयबाट साइत हेराउनका लागि फोन आएको थियो। उहाँहरुको चासो भोलि ११ बजेका लागि थियो। तर मैले आजै साँझ ५ बजे राम्रो हुने सुझाव दिएको छु।'

बालुवाटार सर्दै गर्दा प्रचण्डले पूजापाठ पनि गरेको बताइएको छ।

सोमबार सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुग्दा उनले दौरा सुरुवाल लगाएका थिए। जसलाई धेरैले छलफलको विषय बनाएका थिए। सामाजिक सञ्जालमा उनको पोशाकले अद्यापि चर्चा पाइरहेको छ।

१० वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्डलाई कुनै समय सबैभन्दा वामपन्थी र भौतिकवादी व्यवहारका नेता ठानिन्थ्यो। जनयुद्धका क्रममा माओवादीका नेताहरुले पोशाक, भाषा, धर्म, समुदायका सन्दर्भमा पनि अपनाएका व्यवहारले उनीहरुको सोचाइ र व्यवहारको पनि निश्चित ढाँचाको अपेक्षा गर्थ्यो। पक्कै त्यहाँ दौरा सुरुवाल र ज्योतिषशास्त्र अटाउँदैथ्यो। यसअघि दुई पटक प्रधानमन्त्री बन्दा पनि उनले यस किसिमको शैली अपनाएका थिएनन्।

तर, तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछिका प्रचण्डका व्यवहारले ती मान्यतासँग मेल खाइरहेका छैनन्। दौरा सुरुवाल लगाएर सपथ खाने र साइत हेराएर प्रधानमन्त्री निवास बालुवाटार सर्ने निर्णयले प्रचण्डमा आएको परिवर्तनलाई पुष्टि गर्छन्। 

प्रचण्डको यो व्यवहारलाई पार्टीकै नेताहरुले सहज ठानिरहेका छैनन्। नेता लेखनाथ न्यौपानेले फेसबुकमा यिनै प्रसंगहरु जोड्दै 'माओवादीको भविष्य?' भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो स्टाटसमा 'अब बोको काटेर ग्रह कटाउने' सम्भावना पनि दर्साएका छन्। यद्यपि, त्यसो भने गरिएन।

बुधबार मात्रै कान्तिपुर दैनिकमा प्रकाशित आफ्नो लेखमा सीके लालले प्रचण्डले लगाएको दौरासुरुवाललाई जोड्दै 'प्रचण्डको दाहालरूपी कायाकल्प' भनेका छन्।

तर 'भौतिकवादी' प्रचण्डको अध्यात्म र ज्योतिषशास्त्रप्रतिको आस्था प्रकट भएको यो पहिलो पटक होइन। शान्ति प्रक्रियामा आएका १६ वर्षमा उनका अनेक व्यवहार प्रकट भएका छन्। जसले उनीभित्रको त्यो आस्थालाई प्रकट गर्ने गरेको छ।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएर बाहिरिएको केही समयपछि उनले भैंसी पूजा गरेका थिए। त्यसपछि पनि उनले पुराण उद्घाटन गरेर र म्याग्दीस्थित गलेश्वर मन्दिरमा दर्शन गरेर चर्चा पाएका थिए। उनले सार्वजनिक रुपमा रामदेवलाई क्रान्तिकारी र वैज्ञानिक समेत भनेका छन्। 

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीकी छोरीले बुझिन् बालुवाटारको चाबी

 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  २०:४९
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
सम्बन्धित सामग्री
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्