• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राजनीतिक संयन्त्र: पिँजडा कि पुल?
64x64
किशोर दहाल आइतबार, माघ ८, २०७९  २१:४३
1140x725

काठमाडौं– ‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाऔँ भन्दै गर्दा संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र नबनाऔँ भन्ने। अनि, सँगैको अर्को मित्र प्रधानमन्त्री भएको बेलामा संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको हो भनेर म संज्ञा दिन चाहन्छु।’

गत माघ ५ गते सभामुखका लागि ईश्वरी न्यौपानेलाई प्रस्ताव गर्दै कांग्रेस सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले दिएको अभिव्यक्ति हो, यो। गत पुस २६ गतेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णयलाई ‘ढोक्सा थापेको’ भन्दै ‘ढोक्सामा माछा नपर्ने’ भनेर कटाक्ष गरेपछि शर्माले प्रतिवाद गरेका हुन्। शर्माको भनाइ थियो, ‘माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडाचाहिँ नबनाउनका लागि मैले रोस्ट्रममा उभिएर अपिल गर्नैपर्ने हुन्छ।’

शनिबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद तथा सहमहामन्त्री बद्री पाण्डेले पनि संयन्त्र गठन र ओलीको भूमिकालाई लिएर आलोचना नै गरे। उनले संविधानले नचिनेको र थाहा नपाएको उच्चस्तरीय संयन्त्रको संयोजक हुँ भनेर ओलीले कार्यपालिकाभन्दा माथि आफू रहेको र प्रधानमन्त्री त त्यो उच्चस्तरीय संयन्त्रको केवल सदस्य मात्रै हो भन्ने ढंगको अभिव्यक्ति दिएको बताए। पाण्डेले संविधान अनुसार, प्रधानमन्त्रीभन्दा ठूलो कार्यपालिकामा कोही हुन नसक्ने स्पष्ट पारे।

सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका महासचिव देव गुरुङ भने उच्चस्तरीय राजनीतिक संयन्त्रलाई पिँजडा भनेर विपक्षीहरुले व्याख्या गर्नु स्वाभाविक भए पनि यथार्थसँग मेल नखाने बताउँछन्। ‘बहुदलीय शासन प्रणालीमा गठबन्धनको सरकार बनेका बेलामा सरकारलाई परामर्श र सुझाव दिन यस्तो संयन्त्र बन्नु स्वाभाविक हो। अहिले धेरै दल सहभागी भएको सरकार बनेकाले दलहरुबीच परामर्श गर्न संयन्त्र बनेको हो’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

गत पुस १४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो। संयन्त्रको औचित्य दर्शाउँदै एमाले महासचिव शंकर पोखरेलले ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन’ भनेका छन्।

‘सरकारको कामलाई प्रभावकारी बनाउन’, ‘सरकारलाई सहयोग गर्न’ वा ‘सत्ता साझेदार दलहरुबीच विश्वासको सम्बन्ध बनाउन’ भन्ने बाहना गरेर विगतमा पनि पटकपटक उच्चस्तरीय संयन्त्र गठन हुने गरेको थियो। उनीहरुले प्रधानमन्त्री र सत्ता साझेदार दलहरुका बीचमा पुलको काम गर्ने गरी यस्तो संरचनाको औचित्य स्थापित गर्न खोजेको पाइन्छ। तर यथार्थमा शर्माले संकेत गरेजस्तै पिँजडा साबित हुने गरेको छ।

यस खालको संरचनाबारे कुनै खालको संवैधानिक र कानुनी प्रावधान छैन। यस्तो संरचना नागरिकप्रति प्रत्यक्षरुपमा जवाफदेही र उत्तरदायी पनि हुँदैन। नागरिकको प्रतिनिधिमूलक सर्वोच्च संस्था संसद्‌प्रति पनि जवाफदेही हुँदैन। यसले सत्ता साझेदार दलहरुबीच असमझदारी हुँदा त्यसलाई अन्त्य गर्न प्रभावकारी भूमिका खेलेको पनि खासै पाइँदैन। संयन्त्रले प्रभावकारी भूमिका खेलेकै कारण विगतका प्रधानमन्त्रीले ‘तोकिएको कार्यकाल’ पूरा गर्न पाएको पनि देखिँदैन। बरु संयन्त्रका संयोजक र प्रधानमन्त्रीबीच द्वन्द्वको कारण बन्ने र सरकार ढल्ने गरेको उदाहरण प्रशस्तै छन्। विगतमा पनि यस्तो संरचना बनाइँदा प्रशंसाभन्दा आलोचना खेप्ने गरेको थियो। तैपनि, दलहरुमा त्यसप्रति रुचि हराएको पाइँदैन। सबैजसो दल यस्ता संयन्त्रमा सामेल हुने गरेका छन्।

अर्कोतिर, राजनीतिक दलहरुलाई संविधान र कानुनले व्यवस्था गरेका र चिनेका संस्था र संरचना प्रभावहीन बनाएको आरोप लाग्ने गरेको छ। त्यस्तो बेलामा संविधानले नै नचिन्ने संरचना बनाइएको छ, जसका संयोजक प्रधानमन्त्रीभन्दा ठूला हुन् भन्ने सन्देश दिएको छ। गत पुस २५ गते नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिकीकरण समारोहमा संयोजक ओली मुख्य कुर्सीमा बसेका थिए, प्रधानमन्त्री प्रचण्ड छेउतिर। जसले प्रधानमन्त्री प्रचण्डमाथि संयोजक ओलीको 'प्रभुत्व'लाई प्रष्ट पार्छ।

गुरुङ भने संयन्त्र गठन संवैधानिक र कानुनी प्रश्न नभई व्यवहारिक विषय भएको बताउँछन्। कारण दिँदै उनी भन्छन्, ‘सर्वदलीय बैठकको विषयमा पनि त संविधान र कानुनमा परिकल्पना गरिएको छैन नि। तर, त्यस्तो बैठक बस्छ नि। बहुदलीय शासन प्रणालीमा यस्तो हुन्छ। दलहरुका बीचमा परामर्श गर्नुपर्‍यो। त्यसका लागि दलहरुका नेताहरु एकै ठाउँमा बसेर छलफल गर्ने संरचना चाहियो। गठबन्धन सरकारमा यस्तो संरचना बनाउने अभ्यास चलिआएको छ।’

अनौठो चाहिँ के छ भने, महामन्त्री शर्माले चर्चा गरे जस्तै कुनै बेला ओली यस्ता संयन्त्रका विरोधी थिए। २०७६ को चैतमा जब कोरोना संक्रमणको त्रास उच्च थियो र सरकारको भूमिकाको आलोचना हुन थालेको थियो। त्यतिबेला तत्कालीन नेकपाकै एक अध्यक्ष प्रचण्डले संकटका बेलामा सरकारलाई काम गर्न सजिलो हुने भन्दै प्रधानमन्त्री (ओली)कै संयोजकत्वमा संयन्त्र गठन गर्ने प्रस्ताव राखेका थिए। तर, तत्कालीन प्रधानमन्त्री ओलीले सरकारले नै प्रभावकारी काम गरिरहेकाले संयन्त्र गठनको औचित्य नभएको भन्दै प्रचण्डको प्रस्तावलाई खारेज गरिदिएका थिए। तर, अहिले उनै ओली सरकारभन्दा भिन्दै र ‘सुपर सरकार’ महसुस हुने गरी उच्चस्तरीय संयन्त्रको संयोजक बनेका छन्।

संविधानविद् विपिन अधिकारी संयुक्त सरकार भएको बेलामा समन्वयकारी संयन्त्रको आवश्यकतालाई बुझ्न सकिने र त्यो नराम्रो नभएको बताउँछन्। यस्ता संयन्त्रले राजनीतिक निर्णय लिनसक्ने उनको भनाइ छ। तर, क्याबिनेट नै आफैंमा ठूलो संयन्त्र भएको र पार्टीबाट जसलाई क्याबिनेटमा पठाइएको छ, उनीहरुले नै विभिन्न पार्टीहरुको प्रतिनिधित्व गर्न सक्ने उनको बुझाइ छ।

‘सामान्य रुपमा नेपाल सरकारले क्याबिनेटबाट गर्ने कामकारबाही उसले क्याबिनेटकै तौरतरिका र पद्धतिअनुसार उसले गर्न पाउनुपर्दछ। त्यसो हुँदा मात्रै उसले संसद्‌प्रति जिम्मेवारी लिन सक्दछ,’ नेपाल लाइभसँग कुरा गर्दै अधिकारीले भने, ‘त्यसैले संयन्त्रले राजनीतिक प्रकृतिका कामकारबाही गर्न सक्छ। क्याबिनेटलाई आफ्नो दृष्टिकोण अवगत गराउन पनि सक्छ। तर माना चामल र कुचो आफ्नै हातमा लिएर हिँड्न थाल्यो भनेचाहिँ समस्या हुन्छ।’

यो पनि पढ्नुहोस

सत्ता गठबन्धनको उल्टो बाटो : संविधानले नचिन्ने अनुत्तरदायी ‘सुपर सरकार’ के का लागि?


 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ :  प्रभु साह प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई... शुक्रबार, असार २०, २०८२
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे नियमन र  सञ्चालन एउटैले नसक्ने उनले बताएका हुन। शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जब... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह शुक्रबार, असार २०, २०८२
मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ :  प्रभु साह शुक्रबार, असार २०, २०८२
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे शुक्रबार, असार २०, २०८२
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्