काठमाडौं– अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन्।
गौरव गिरीको निर्देशनमा बनेको ‘छैन केही डर’ बोलको गीतमा धिरेन जोडिएका छन्। सोमबार सार्वजनिक भएको उक्त गीतमा धिरेनले अभिनेत्री अनिता केसीसँग जोडी बाँधेका छन्।
२४ वर्षअघिको हिट फिल्म ‘कमाण्डो’मा मुख्य भूमिका निभाएकी अनिताले ‘सेतोबाघ’, ‘छहारी’, ‘बसन्ती’, ‘सजाय’देखि पूर्व पश्चिम लगायत दर्जनौं फिल्ममा अभिनय गरिसकेकी छन्।
उक्त गीतमा स्वर विशम आचार्यको छ। मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन्। गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन्।
भिडियोतर्फ भद्रजंग कुँवरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाइँको छ। कलरको काम श्याम कुवंरले गरेका छन्। निर्देशक गिरीले नेपाली समाजको एक यथार्थतालाई भिडियोमा जोडिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।