काठमाडौं– लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा घर भएका पौडेलको बिहीबार राति निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।
लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत् चर्चा कमाएका पौडेल केही समयदेखि मानसिक तनावको अवस्थाबाट गुज्रिरहेका थिए। उनको मृत्युको कारण भने खुलेको छैन।
गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाट ल्याइने जनाइएको छ। रामघाटमा लोकदोहोरी क्षेत्रका व्यक्तित्व तथा शुभचिन्तकले श्रद्धाञ्जली दिएपछि पौडेलको अन्तिम संस्रकार गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।