शनिबार मौसम पूर्णरुपमा खुलेपछि सिमकोट विमानस्थलबाट देखिएको दृश्य। तस्बिर : प्रेमबहादुर बोहोरा सिमकोट– बुधबारदेखि हिउँ पर्न सुरु भएको हुम्ला शनिबार पूर्ण रुपमा खुलेको छ। शुक्रबार हिउँ पर्न बन्द भएपछि शनिबार सिमकोट पूर्ण रुपमा खुलेको हो।
पश्चिमी वायुको प्रभावका कारण कर्णालीका माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेको थियो। शनिबार भने मौसम पूर्ण रुपमा सुधार भएको हो। मौसम खुलेसँगै हुम्लामा यातायातको एक मात्र माध्यम हवाई उडान पनि सुरु भएको छ।
तर मौसम विभागका अनुसार सोमबार पुन हल्का वर्षासहित हिमपातको सम्भावना रहेको। मौसम खुलेसँगै हुम्लाका डाँडाकाँडा सेताम्मे देखिएका छन्। चाँदीझै टल्किएका पहाड मौसम खुलेसँगै आकर्षक देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।