काठमाडौं– डाक्टर कपिल रिजालको डेव्यु निर्देशकीय सिनेमा ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक भएको छ। शनिबार युट्युबमा सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा क्लबमा नृत्यरत देखिन्छिन्।
सार्वजनिक गीतको भिडियोमा अभिनेत्री शाहलाई नृत्यमा आरए सुरज पौडेलले साथ दिएका छन्। कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा युग भुषालको शब्द तथा संगीत र थोम्स एन्ड्रियूजको स्वर छ।
सिनेमाको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा गरिएको हो। त्यसैले पनि सिनेमाका प्रचार सामग्रीले दर्शकबाट आशातीत प्रतिक्रिया पाएका छन्।
बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको सिनेमामा साम्राज्ञीसँगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ।
सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ।
आगामी माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी छ। सुदीप बरालको छायाङ्कन रहेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।