काठमाडौं– अमिताभ बच्चनलाई कुनै समय उनका फ्यानहरू ‘ऊँट’ भन्ने गर्थे।
अमिताभले इन्स्टाग्राममा एक पुरानो तस्विर सेयर गरेका छन्, जसमा उनले फिल्म उद्योगमा पाइला चालेको कथा सेयर गरेका छन्।
जहाँ पुरानो तस्विर र क्याप्सन देख्न सकिन्छ। तस्बिर कालो र सेतो छ। अमिताभ ऊँटमा सवार देखिन्छन्। पृष्ठभूमि फिल्म सेट जस्तै देखिन्छ।
यस्तै क्याप्सनमा एउटा किस्सा सेयर गर्दै अमिताभ बच्चनले लेखेका छन्, ‘जब म १९६९ मा फिल्ममा प्रवेश गरेँ, सबैले मलाई ऊँट भन्ने गर्थे। मैले त्यसको औचित्य प्रमाणित गर्ने विचार गरेँ...।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।