काठमाडौं– गायिका रानी शाक्यले नयाँ गीत ‘उड्यो मन’ सार्वजनिक गरेकी छन्।
गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ। यो गीतले खुशीसाथ बाँच्ने सन्देश दिएको छ।
निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले भिडियो तयार पारेका छन्।
भिडियोमा मोडलद्वय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ।
मानकृष्ण महर्जन र बन्दे प्रसादको छायांकन छ। गायिका रानीले यो गीतबाट आफूले यूवतीहरूलाई तनावविना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।