यो हाम्रो सेरोफेरो
न तिम्रो न मेरो
बादलु किनारा चाँदीको घेरो
आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘सुनाखरी’ सार्वजनिक भएको छ। गीतमा उज्ज्वल सागरको संगीत छ। उज्ज्वल र विद्या तिवारीले स्वर दिएको गीतमा हर्क साउदको शब्द छ।
आर्टमाण्डूको युट्युव च्यानलमार्फत् प्रणय दिवसको दिन म्युजिकल फिल्म सार्वजनिक भएको हो।
म्युजिकल फिल्मको निर्देशन नवीन चौहानले गरेका छन्। केही समयअघिमात्र चौहानको निर्देशनमा आर्टमाण्डुबाट ‘चन्द्रमा’ सार्वजनिक भएको थियो। यसअघि आर्टमाण्डूबाट ‘के माया लाग्छ र’, ‘तीनपाते’, ‘घुमीघुममी’ ‘बाफ’ लगायत थुप्रै म्युजिकल फिल्म लोकप्रिय छन्।
‘सुनाखरी’ एक वृद्ध जोडीको प्रेमको कथा हो। बुढेशकालमा एक्लै रहेका दम्पती एकअर्काको भर छन्। उनीहरूको प्रेमलाई मीठो ढंगले प्रस्तुत गरिएको छ।
१० मिनेट १९ सेकेन्डको भिडियोमा कुमार राई र कुशमाया राईको अभिनय छ। उनीहरू ‘नन् एक्टर’ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।