काठमाडौं– संगीतकार अर्जुन पोखरेलको ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ।
निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ।
गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्। माइकलले भिडियोलाई गीतको भाव अनुसार नै तयार पारेका छन्।
भिडियोमा नायक राज कटुवाल र नायिका श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स हेर्न सकिन्छ। आकर्षक लोकेशनमा माइकलले भिडियोलाई रंगीन बनाएका छन्।
उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको पनि अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।