तेलुगु फिल्म आरआरआरको चर्चित गीत ‘नाटु–नाटु’ले ९५औं एकेडेमी अवार्ड (ओस्कर)मा ओरिजनल सङ्सको श्रेणीमा अवार्ड जितेको छ। यसअघि नाटु–नाटुले बेस्ट ओरजिनल सङ्सको गोल्डेन ग्लोब अवार्ड जितेको थियो। आरआरआर फिल्मको यो यस्तो गीत हो जसमा बच्चादेखि वुढासम्म झुमेर नाचेका छन्।
यो गीत सिनेप्रेमीहरुको मन र मस्तिस्कमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएको छ। नाटु–नाटुको हिन्दी अर्थ नाचो–नाचो हुन्छ। एनटीआर–रामचरणको नृत्य अनि एसएस राजमौलीको निर्देशकीय मिश्रणले गीतलाई झन् जादुमय बनाएको छ।
यो गीतलाई फिल्मको पर्दामा उतार्ने निर्देशक एसएस राजमौली र म्यूजिक निर्देशक किरावानी तथा गीतकार चन्द्रबोसको दिमागमा ओस्कर सम्मानपछि के चलिरहेको होला भन्ने प्रश्न अहिले देखिन्छ।
एस एस राजामौलीको दिमागमा यो कुरा थियो कि ‘एनटीआर जुनियर र रामचरण दुवै तेलुगु फिल्म उद्योगका कुशल डान्सर हुन्। आ–आफ्नै तरिकाबाट दुवैले कयौंपटक आ–आफ्नो अब्बलता साबित गरिसकेका छन्। यदि दुवैलाई एकसाथ डान्स गरिरहेको देखाउन सकियो भने राम्रो हुने थियो। उनीहरुलाई साथ–साथ पर्फर्म गरिरहेको देखाइँदा दर्शकको आनन्द र अनुभवलाई एक नयाँ लेवलसम्म लैजान सक्छ।’
सुरुमा राजामौलीले यो आइडिया फिल्मका संगीताकार किरावानीसँग सेयर गरेका थिए। किरावानीले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘राजमौलीले मलाई भने बडेभाइ म यस्तो गीत खोजिरहेको छु जसमा दुवै डान्सरहरुले एक अर्कासँग होडबाजी गरेर नाचुन्।’
फिल्मका निर्देशक एसएस राजामौली संगीतकार एमएम किरावानीका साथत्यसपछि गीत लेख्नका लागि उनले त्यतिबेला चल्तीका तेलुगु फिल्मका गीतकारमध्ये आफूलाई पनि मन पर्ने गीतकार चन्द्रबोसलाई चुने। किरावानीले बोसलाई भने, ‘गीत यस्तो हुनु पर्यो कि दुवै मुख्य अभिनेताले यसमा आफ्नो डान्सबाट एउटा जोस र उत्साह सिर्जना गरुन्। तपाईं जस्तो चाहनुहुन्छ लेख्न सक्नुहुन्छ। तर मात्र यो ध्यानमा राख्नुहोला कि फिल्म १९२० मा हुने घटनाको वरिपरी घुम्छ। यसकारण यो देख्नुहोला कि शब्द त्यही समयको होउन्।’
राजामौली, किरावानी र चन्द्रबोसले यो गीतमा १७ जनवरी २०२० बाट काम गर्न सुरु गरे। हैदराबादको अल्मुनियम उद्योगमा आरआरआरको दफ्तरबाट काम सुरु भएको थियो।
चन्द्रबोस जसै आफ्नो कारमा बसे, उनको दिमागमा राजमौली र किरावानीको निर्देशन घुम्न थाल्यो। कार अल्मुनियम उद्योगबाट जुबिली हिल्सतिर रफ्तार लिइरहेको थियो। उनको हात गाडीको स्टेरिङमा थियो, तर दिमाग गीतप्रति लागेको थियो। त्यतिबेलै उनको दिमागमा गीतको हुक लाइन ‘नाटु नाटु’ आयो।
यस प्रकारको धुन त्यतिबेलासम्म बनेको थिएन। उनले यसलाई ‘६–८ को ताकिता, ताकिता तेस्रो गति’मा बुन्न थाले।
चन्द्रबोस बीबीसीसँग भन्छन्, ‘किनकि किरावानीका लागि यो मन परेको ढाँचा थियो। यसकारण उनले यसको सहारा लिन सही सम्झे।’
२५ वर्षअघि किरावानीले चन्द्रबोसलाई भनेका थिए, ‘कुनै पनि गीत जसबाट मानिसमा जोस भर्न सकियोस् त्यसलाई उस्तै गतिमा बुन्नू।’
नाटु–नाटु यस्तो गाना हो, जसमा शीर्ष अभिनेताले आफ्नो नृत्य कौशल प्रस्तुत गर्छन्। चन्द्रबोसले पनि यही गतिमा गीत बुनेका थिए। उनले आफ्नो मन परेको छन्द अन्तिममा सुनाए। त्यसअघि २ छन्द उनले सुनाएका थिए।
चन्द्रबोसको यही मनपर्दो छन्द नै किरावानीलाई मन पर्यो र यो गीत (नाटु–नाटु) फाइनल भयो।
गाना केही यस्तो बन्यो:
पोलमगट्टू धुम्मूलोना पोटलागिट्टा धूकिनट्टू
पोलेरम्मा जातारालो पोथाराजू ओगिनट्टू
किरुसेप्पुलू एसिकोनि कारासामू सेसिनट्टू
मारिसेट्टू निदालोना कुरागुम्पू कोडिनट्टू
९० प्रतिशत गीत २ दिनमा तयार भयो। यद्यपि केही परिवर्तन र इडिटिङपछि यो गीतलाई अन्तिम रुप दिन १९ महिना लागे। चन्द्रबोस र किरावानीले यो गीतलाई यसबीचमा धेरै सर–सल्लाह गरे।
फिल्ममा भीम (जुनियर एनटीआर)को चरित्र तेलंगानाको हो भने राम(राम चरण)को चरित्र आन्ध्र प्रदेशको हो। त्यसैले गीतमा यी दुवै क्षेत्रको १९२० को दशकका भाषाहरुको सहारा लिइएको थियो।
मसला ‘मिरापा टोक्कु’ (धुलो पारिएको रातो खुर्सानी) ‘दुमुकुल्लदतम’ (तल–माथि कुद्नु)। यस्ता शब्दहरु तेलंगानामा आम हुन्। उक्त समयमा तेलंगानामा मुख्य भोजन ‘ज्वार’ हुने गर्दथ्यो। यसलाई पिसेर धुलो बनाइएको रातो खुर्सानीसँग खाइन्थ्यो।
चन्द्रबोसको नजरमा गीत त्यो हो जहाँ शब्द विलीन होस्। त्यसमा दृश्यको कब्जा होस्। यो गीत उक्त आयाममा बिल्कुल फिट भयो। तेलुगुमा कयौं लोक कथा छन्। ती लोककथाका चरित्रहरुको पनि गीतमा सहारा लिइएको छ। यो गीतमा काल भैरव र राहुल सिपलीगुंगले श्वर दिएका हुन्।
युक्रेनमा छायांकन
नाटु–नाटु गीतले एनटीआर र रामचरण दुवैको नृत्य क्षमताको परीक्षा लिएको हो। कोरियोग्राफर प्रेम रक्षितले यो गीतका लागि करिब ९५ स्टेप कम्पोज गरेका थिए। सिग्नेचर स्टेपका लागि उनले ३० भर्जन तयार गरेका थिए। खास गरेर उस दृश्यमा जसमा एनटीआर र रामचरण हात समातेर डान्स गरेको देखिन्छन्।
यो फिल्मका युनिटले एक अन्तर्वार्तामा भनेका छन् कि यो खास स्टेपका लागि १८ टेक लिनु परेको थियो। यद्यपपि युनिटको भनाइ थियो कि एडिटिङका दौरान अर्कै टेकको फाइनल गरिएको थियो।
यो गीत युक्रेनको राष्ट्रपति भवनलाई पृष्ठभूमिमा राखेर खिचिएको थियो। बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।