काठमाडौं– फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा पराजित भएको छ। पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले पीएसजीलाई २–० गोलले हरायो।
पीएसजीलाई हराउन रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले १–१ गोल गरे। खेलको पहिलो हाफको इन्जुरी समयमा कार्ल टोको एकम्वीले गोल गर्दै रेनेसलाई अग्रता दिलाए।
त्यसपछि ४८औं मिनेटमा एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गर्दै २–० को स्थितिसहित रेनेसलाई जिततर्फ अग्रसर गराए।
पीएसजीले अग्रपंतिमा स्टार फर्वार्ड लियोनल मेसी र केलियन एमबाप्पेलाई सुरुवातदेखि नै मैदान उतारे पनि दुवै खेलाडी गोल गर्न असमर्थ रहे। फ्रेन्च लिग वानमा पिएसजीको यो चौथो हार हो।
हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर लिगको शीर्ष स्थानमा छ। पिएसजीलाई पराजित गरेको रेनेस ५० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।