काठमाडौं– क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाले रेलिगेसन जोनको पुछारमा रहेको इल्चेमाथि उसकै घरेलु मैदानमा ४–० को जित हासिल गर्यो।
बार्सिलोनाका लागि पोलिस फरवार्ड लेवान्डोस्कीले २ गोल गरे। उनले १ असिस्ट समेत गरे। खेलको २०औं मिनेटमा गोल गर्दे लेवान्डोस्कीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफ १–० को स्थितिमा सकिँदा खेलको ५६औं मिनेटमा अन्सु फातीले फेरान टोरेसको पासलाई सदुपयोग गर्दे गोल गरे। ६६औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।
खेलको ७०औं मिनेटमा फेरान टोरेसले थप अर्को गोल गर्दै बार्सिलोनालाई ४–० गोलको सानदार जिततर्फ अग्रसर गराए। लेवान्डोस्कीको पासलाई सदुपयोग गर्दै टोरेस गोल गर्न सफल भए।
यो जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग १५ अंकले अग्रता लिएको छ। २७ खेलबाट बार्सिलोनाका ७१ अंक छ भने १ खेल कम खेलेको रियलको ५६ अंक छ। पराजित इल्चे १३ अंकसहित पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।