काठमाडौं– विभिन्न सामाजिक विषय उठाउने क्रममा प्रकाश सपुत यसपल्टै आफैंतिर फर्केका छन्। आफैंतिर भन्नुको अर्थ मनोरञ्जन क्षेत्रको अँध्यारोतिर उनी फर्किएका हुन्।
मोडेल बन्ने सपनाले सहरतिर डोरिएको ‘फूलमाया’को ‘सकम्बरी’ यात्रालाई उनले गीतमा उनेका छन्। चाँडै चर्चित बन्ने र कमाउने एउटा युवतीको महत्वाकांक्षाले अनिश्चयको गर्तमा भासिएको जीवनमाथि उनले गीत लेखेका हुन्।
गीतमा शब्द र संगीत सपुतकै रहेको छ। गायनमा सपुतलाई ब्रता गन्दर्वले साथ दिएकी छिन्। गीतको म्यूजिक भिडियो बनेको छ र जसको निर्देशन तथा कथा सपुतकै हो। सहनिर्देशकका रुपमा सुनिल बिक रहेका छन्।
म्युजिक भिडियोमा सपुतका साथै सुनिल थापा, कुसुम शर्मा, निक्स शर्मा, सन्जोग रसाइली, सरस्वती अधिकारी, सरिता राजोपाध्याय र सालिक भण्डारी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।