काठमाडौँ– मातातीर्थ औंसीको पूर्वसन्ध्यामा जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को गीत सार्वजनिक भएको छ।
‘ए मेरी आमा’ बोलको गीत सार्वजनिक गरिएको हो। प्रमुख अभिनेता मुकुन भुषाल र उनकी आमाको चरित्र निर्वाह सूर्यमाला खनाले निर्वाह गरेका छन्। यस गीतमा निर्देशक अधिकारीले नै शब्द तथा संगीत रचना गरेका छन् भने प्रविन भेडुवालको स्वर छ।
फिल्ममा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय छ।
निर्माता लक्ष्मण थापाले चलचित्रले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए।
एबिगम्यान फिल्मसको ब्यानरमा थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।