काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याममाथि २–१ गोलको पुनरागमन जित हात पार्यो।
लिभरपुलको जितमा कोडी गाक्पो र जोएल माटिपले १–१ गोल गरे। यस्तै, वेस्ट ह्यामका लुकास पकौटाले १ गोल गरे।
खेलको १२औं मिनेटमा लुकास पकौटाले गोल गर्दै वेस्ट ह्यामले सुरुवाती अग्रता लिएको थियो। तर, त्यसको ६ मिनेटमा नै लिभरपुलका कोडी गाक्पोले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए।
६७ औँ मिनेटमा लिभरपुलका जोयल माटिपले गोल गरे। वेस्ट ह्यामले थप गोल गर्न नसक्दा लिभरपुल २–१ ले विजयी भयो।
जितसँगै लिभरपुल ३२ खेलबाट ५३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। वेस्ट ह्याम ३२ खेलबाट ३४ अंक जोडेर १४औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।