काठमाडौं– नेपोलीले ३३ वर्षपछि इटालियन सिरी ‘ए’को उपाधि चुमेको छ। बिहीबार राति उडिनेससँग १–१ को बराबरी खेल्दै नेपोली ५ खेल बाँकी छँदै सिरी ‘ए’ च्याम्पियन बनेको हो।
दोस्रो स्थानको लाजियो १६ अंकले पछि परेपछि नेपोलीले उपाधि पक्का गरेको हो। नेपोलीले यसअघि डिएगो म्याराडोनाको समयमा २ पटक सन् १९८७ र १९९० मा सिरी ‘ए’को उपाधि जितेको थियो।
बिहीबारको खेलमा नेपोलीका लागि भिक्टर ओसिमहेनले १ गोल गरे। यस्तै, उडिनेसका लागि सान्डी लोभरिकले गोल गरे।
डासिया एरिना उडिनमा भएको खेलमा सान्डी लोभरिकले १३औं मिनेटमा गरेको गोलबाट घरेलु टोली उडिनेसले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफ सकिँदा उडिनेस १–० ले अगाडि थियो।
खेलको ५२औं मिनेटमा नेपोलीका भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि दुवै तर्फबाट थप गोल नहुँदा खेल १–१ ले टुंगियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।