काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडले कोपा डेल रे कपको उपाधि जितेको छ। शनिबार राति भएको खेलमा ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई २–१ ले हराउँदै रियल ९ वर्षपछि कोपा डेल रेको च्याम्पियन बनेको हो।
रियले यसअघि सन् २०१४ मा कोपा डेल रेको च्याम्पियन बनेको थियो। रियल समग्रमा २०औं पटक कोपा डेल रेकफ च्याम्पियन बनेको हो।
रियललाई उपाधि दिलाउने क्रममा रोड्रिगो नायक बने। पहिलो गोल रोड्रिगोले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए।
ओसासुनाका लुकास टोरोले ५८औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए। ब्राजिली युवा विंगर रोड्रिगोले ७०औं मिनेटमा अर्को १ गोल थपेर जित सुनिश्चित गरे।
रियल मड्रियले यसअघि सन् १९०५, १९०६, १९०७, १९०८, १९१७, १९३४, १९३६, १९४६, १९४७, १९६२, १९७०, १९७४, १९७५, १९८०, १९८२, १९८९, १९९३, २०११ र २०१४ कोपा डेल रेको उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।