काठमाडौं– साउदी भ्रमणमा गएको भन्दै लियोनल मेसीमाथि लगाइएको निलम्बन फुकुवा गरिएको छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेसीलाई दुई साताका लागि निलम्बन गरेको थियो। क्लबको अनुमति नलिइ एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेसीलाई लगाएको निलम्बन सोमबार फुकुवा गरेको हो।
निलम्बन फुकुवा भएसँगै मेसी प्रशिक्षणमा फर्किएका छन्। फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्टबीचको खेलपछि मेसी साउदी अरब गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।