काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।
खुमलटारको जितमा मेसुके ओलुमोउ नायक बने। उनले खेलको ३७ औं मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो।
खुमलटारले २० खेलमा २१ अंक जोडेको छ। त्यस्तै समान खेल खेलको सातदोबाटोको २९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।