• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयकको साइनो : राष्ट्रपतिले प्रमाणीकरण गर्नु संयोग कि भारतकै चाहना! 
64x64
नेपाल लाइभ बुधबार, जेठ १७, २०८०  १९:५३
1140x725

काठमाडौं– बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्के। मंसिर ४ गते भएको निर्वाचनपछि नेकपा एमालेको सर्मथनमा उनी पुस १० गते प्रधानमन्त्री भएका थिए। सुरुमा एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री भएदेखि नै दाहालले एउटै बोली बोल्दै आएका थिए आफ्नो पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै हुनेछ। तर उनको यो इच्छा पूरा हुन ६ महिना लाग्यो। 

लामो समयको प्रयासपछि भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डमाथि भ्रमणकै लागि नागरिकता विधेयक प्रमाणीकरण गरेको आरोप पनि लागेको छ। खासगरी तत्कालीन सत्ता पक्ष हाल प्रतिपक्षमा रहेको नेकपा एमालेले उनीमाथि यस्तो आरोप लगाएको छ। एमालेले भारत भ्रमणकै दिन बुधबार यसअघि निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण गर्नु भारतकै चाहना भएको आरोप लगाएको छ।

प्रमुख प्रतिपक्षले यो आरोप लगाइरहँदा सामाजिक सञ्जाल र कानुनका जानकारहरुले पनि यसलाई भारत भ्रमणसँग जोडेर हेर्नुपर्ने टिप्पणी गरेका छन्। कानुन क्षेत्रका जानकारहरु मात्र नभई परराष्ट्र मामिलाका जानकारहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण हुनु र भारत भ्रमणको कुरा संयोगको रुपमा मात्र लिन नमिल्ने बताएका छन्।

पूर्व परराष्ट्रमन्त्री एवं राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले लामो समयदेखि विचाराधीन विधेयक अहिले नै प्रमाणीकरण हुनु र प्रधानमन्त्रीको चार दिने भ्रमण पनि सँगै हुनुले आशंका व्यक्त गर्ने ठाउँ दिएको बताए। परराष्ट्र मामिलाका विज्ञ डा दिनेश भट्टराईले नागरिकता विधेयकसँग भारत भ्रमण जोड्न जरुरी नहुने बताए। उनले नागरिकता नेपालीहरुको समस्या भएकाले भारतसँग जोड्नेभन्दा आन्तरिक रुपमै समाधान गर्ने विषय भएकाले यही रुपमा बुझ्नुपर्ने उनले बताए।

‘नागरिकता विधेयकका अन्य प्रक्रियामा प्रश्न हुनसक्लान तर भारतसँग वा भारतले नै जारी गर्न लगायो भन्न आवश्यक नहोला,’ उनले भने, ‘नागरिकता नेपालको समस्या हो र नेपाली नागरिकले पाउने हो।’

यस्तै पूर्व महान्यायाधिवक्ता रमेश बडालले भारत भ्रमणको मुखमा भएको नागरिकता विधेयकको प्रमाणीकरणले भारतलाई सौगात दिएको बुझिएको बताए। ‘प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नागरिकता विधेयक प्रमाणीकरण भएको छ। यसबाट प्रधानमन्त्रीले भारतलाई सौगात दिएको जस्तो बुझिन्छ,’ उनले भने, ‘तत्कालीन गठबन्धन किन टुट्यो भन्ने अहिले प्रमाणित भयो। प्रधानमन्त्री प्रचण्डले यसैका लागि पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुभएको पुष्टि भयो।’ 

उनले कानुनी रुपमा निष्क्रिय भएको र यसअघिको राष्ट्रपतिले प्रमाणीकरण नगरेकै विधेयक किन प्रमाणीकरण गर्नुभयो भनि प्रश्न उठेको र यसको उत्तर खोज्दै भ्रमणसँगै जोडिने बताए। त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले निष्क्रिय बनेको नागरिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो? भनि प्रश्न उठाए।

उनले संविधानको संरक्षक रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो? उत्तर दिनु पर्दैन र? भनि उनले सोधेका छन्। पूर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक अत्यावश्यक छ भन्ने लागेको भए सरकारलाई  संसद्‌मा ल्याएर पुनः प्रमाणीकरण गर्नुपर्नेमा किन नगरेको भनि प्रश्न गरे।

‘प्रधानमन्त्रीको भारत भ्रमणको केही घण्टा अगाडि मात्रै गरिएको बलमिच्याइँले कानुन निर्माण जस्तो कुनै पनि मुलुकको नितान्त आन्तरिक विषयलाई पनि बाह्य पक्षसँग जोड्न खोजेको स्पष्ट देखिन्छ,’ उनले लेखेका छन्, ‘ जुन नितान्त गलत अभ्यास हो।’ 

तर, सत्ता पक्ष नेपाली कांग्रेसले भने बचाउ गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता मिनबहादुर विश्वकर्माले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमण संयोगमात्र भएको बताए। उनले नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा लामो समयदेखि विचाराधीन रहेको र राष्ट्रपतिले अहिले उपयुक्त लागेर जारी गरेकाले यसलाई यही रुपमा बुझ्नुपर्ने बताए।
 
प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई/दुई पटक छलफल गरेर पारित गर्दै राष्ट्रपतिलाई प्रमाणीकरण गर्न पठाएको र राष्ट्रपतिले जहिले सुकै पनि त्यसलाई प्रमाणीकरण गर्न सक्ने भएको भन्दै उनले अहिले गर्नु संयोगमात्र भएको उनको दाबी छ। उनले अघिल्लो राष्ट्रपतिले नागरिकता विधेयक खारेज वा बदर नगरेको अवस्थामा अहिले निर्वाचित भएका राष्ट्रपतिले जारी गर्न कुनै पनि कानुनी विवाद नभएको जिकिर गरे। यस्तै पूर्व परराष्ट्रमन्त्री कमल थापाले भारतलाई खुसी पार्नकै लागि नागरिकता विधेयक प्रमाणीकरण भएको आरोप लगाए।

‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको दिन पारेर नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट भएको छ कि यो विधेयक कसलाई खुसी पार्न बनेको हो,’ उनले भने, ‘राष्ट्रपति पौडेलले भारतीय प्रम नरेन्द्र मोदीलाई प्रचण्डमार्फत् ‘गुड न्युज’ दिनुभयो। राष्ट्रहित विपरीत ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो।’ उनले एउटा राष्ट्रपतिले अस्वीकार गरेको निर्णय अर्को राष्ट्रपतिले ९ महिनापछि उल्ट्याउनु हास्यास्पद मात्र नभई राष्ट्रप्रति बेइमानी भएको टिप्पणी गरे। 

अहिले नयाँ जनादेश प्राप्त संसद् आएको अवस्थामा संसदलाई बाइपास गरेर राष्ट्रपति पौडेलले ९ महिनाअघि निष्क्रिय भैसकेको विधेयक प्रमाणीकरण गर्नु संविधान र जनादेशविरुद्ध भएको उनले बताए।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:५३
  • #नागरिकता–विधेयक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड
सम्बन्धित सामग्री
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्