• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
समाजवादी मोर्चा : बेकारको हल्ला!
64x64
किशोर दहाल मंगलबार, असार ५, २०८०  १९:१५
1140x725

काठमाडौं- ‘यो समाजवादी मोर्चा पहिलो पाइला हो। यो अन्तिम पाइला होइन। यहाँबाट एउटा नयाँ अभियान, एउटा नयाँ युगतिर देशलाई लैजाने, सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगतिर देशलाई लैजाने, सबै सकारात्मक शक्तिहरुलाई एकताबद्ध गरेर अगाडि जाने प्रक्रियाको सुरुवात भएको छ’, सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए। मोर्चामा माओवादी केन्द्रका अतिरिक्त जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन्।

प्रचण्डले पाँच वर्षअघिको नेकपा एकता घोषणा समारोहलाई पनि सम्झिएका थिए। एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेकपा गठन गर्ने प्रस्तावक नै आफू रहेको बताउने गरेका प्रचण्डले त्यतिबेला हतारो गरिएको ठम्याइ प्रस्तुत गरेका थिए। उनको भनाइ थियो, ‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गरेर विचारमा, राजनीतिमा, संगठनमा, कार्यशैलीमा, संस्कारमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए सायद हामी सफल हुन्थ्यौँ कि!’

त्यतिबेला समाजवादी मोर्चा भनेर सुरु गरेको भए एकता टिक्थ्यो कि भन्ने बुझाइमा रहेका उनले समाजवादी मोर्चा पनि एउटै पार्टी हुनसक्ने सम्भावनालाई प्रस्तुत गरे। तर उनले व्यक्त गरे जस्तो आशय सहमति पत्रमा भने उल्लेख छैन। केवल वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरुको एकताबद्ध पहलकदमी आवश्यकता रहेकाले समाजवादी मोर्चा गठन गर्न सहमत भएको भन्ने जस्तो अमूर्त दलिलका आधारमा यसको औचित्य पुष्टि गर्न खोजिएको छ।

घोषणा सभामा नेताहरुले गरेको भाषण पत्याउने हो भने नेपालमा समाजवाद आएपछि मात्रै मोर्चाले विश्राम लिनेछ। तर, गठन गर्नुका अप्रष्ट आधारहरुले नै यसको दीर्घकालीन अस्तित्वको विषयमा शंका उब्जाउँछ। किनकि, यसअघि एक्लाएक्लै रहँदा त्यस्तो कुन समाजवादी कार्यक्रम लागू गर्न सकिएन, जसका कारण समाजवादी मोर्चा नै बनाएर लागू गर्नुपर्ने बाध्यता आइपर्‍यो? त्यसबारे केही भनिएको छैन।

अर्कोतिर, मोर्चामा सहभागी चारमध्ये तीन दल त सरकारमै सहभागी छन्। प्रचण्ड स्वयं प्रधानमन्त्री छन्। त्यहीँबाट जनपक्षीय काम गर्नु नै उनीहरुको दायित्व हो। त्यहीँबाट आफू हुनुको औचित्य पुष्टि गर्नुपर्ने हो। समाजवादी कार्यक्रम लागू गर्न त्यहीँबाट पहल गर्नुपर्ने हो। तर, सरकारबाट त्यस किसिमको काम गर्न रुचि नदेखाइएको प्रशस्तै सन्दर्भहरु छन्। फेरि यही समयमा समाजवादी सपना पूरा गर्ने भन्दै मोर्चा गठन गरिएको छ। यसले उनीहरुको इमानदारितामा प्रश्न गर्ने आधार दिन्छ।

पुराना अनुहारको मिलन
स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा नयाँ पात्रप्रतिको आकर्षण उल्लेखनीय थियो। साथै, पुराना पार्टी र पुराना नेताहरुप्रति विकर्षण पनि उत्तिकै थियो। त्यसैले पनि पुराना पार्टी र नेताहरुले नयाँ उम्मेदवारहरुबाट चुनौती बेहोर्नुपरेको थियो। समाजवादी मोर्चाका एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नयाँ उम्मेदवार सीके राउतसँग पराजय नै बेहोर्नुपर्‍यो। संसद् पुगिछाड्ने उनको हठका कारण बारामा उपनिर्वाचन गर्ने परिस्थिति सिर्जना गरिएको थियो। र सत्ताधारी दलहरुले गठबन्धन गरेर उनलाई जिताउन भूमिका खेलेका थिए।

आमचर्चालाई नै ध्यान दिने हो भने पनि समाजवादी मोर्चामा जोडिएका चार दल र तिनका नेताप्रति आकर्षण घट्दो छ। मौलिक रुपमा उनीहरुको पार्टीगत र व्यक्तिगत संकट छँदैछ, सामूहिक रुपमा भने दलीय औचित्य स्थापित गर्न नै कठिन पर्दै गएको देखिन्छ। त्यसैले अस्तित्व निरन्तरताको भयबाट जोगिने उपायस्वरुप समाजवादी मोर्चाको गठन गरिएको देखिन्छ। यो मोर्चामा न त ऊर्जाशील नेतत्व छ, न त ऊर्जाशील नेतृत्वको आगमनको आधार तयार गर्न खोजिएको छ। बरु उमेर, विचार र समयचेतका हिसाबले वृद्ध क्लब सिर्जना भएको भनेर कटाक्ष भइरहेको छ।

अस्तित्व रक्षाका लागि उल्लेखित दलहरुले आफूभित्रै निर्मम समीक्षा र सुधार खोज्नु अपेक्षित थियो। पार्टीलाई समय सन्दर्भ अनुसारको बनाउने, पार्टीलाई उद्देश्यप्रति उत्प्रेरित र कठोर बनाउने, कार्यकर्तालाई पार्टीको भविष्यप्रति विश्वस्त बनाउनेतर्फ मन्थन र गृहकार्य अपेक्षित थियो। तर, उनीहरुले आफू पनि भ्रममा रहने र अरुलाई पनि भ्रममै राख्नका लागि मोर्चा गठनको उपाय रचेको देखिन्छ। 

राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘कार्यकर्ताले छोड्दै हिँड्न थाले। त्यसैले मोर्चा गठन गरेर उनीहरुलाई हामी ‘शक्तिशाली नै छौँ, पख न’ भनेर भ्रम सिर्जना गरिएको हो जस्तो लाग्छ।’ प्रचण्डको भाषणले पनि त्यही भ्रमको संकेत दिन्छ। 
‘राष्ट्रिय सभागृहमा कार्यक्रम राख्ने भनियो। मलाई अलिअलि मनमा के थियो भने, साथीहरु अलिअलि अन्योल र निराशामा छन् कि! यो हल पनि नभरिने हो कि! बडो चिन्तामा थिएँ’, सोमबार प्रचण्डको भनाइ थियो, ‘यो गेटभित्र पस्दा त बाहिरै कार्यकर्ता र समर्थकहरुको भीड देखेपछि मैले के ठानेँ भने, समाजवादी मोर्चा, नेपालको घोषणा सभा मात्रै होइन। यो मोर्चाको औचित्य इतिहासमा स्थापित भइसक्यो। हामी सबैमा एउटा नयाँ उत्साह स्थापित भइसक्यो।’

बेकारको हल्ला!
नेपाली राजनीतिक इतिहासमा दलहरु मिलेर मोर्चा तथा गठबन्धन बनाउने प्रचलन नयाँ होइन। २०४६ र २०६२/६३ सालको जनआन्दोलन सञ्चालन गर्दा दलहरुले मोर्चा/गठबन्धन नै बनाएका थिए। त्यो निश्चित र ठोस उद्देश्यका लागि थियो। सफल पनि भएका थिए। तर, अहिलेको मोर्चाको भने उद्देश्य निश्चित र ठोस छैन। त्यसैले यो मोर्चा परिणाममुखी हुनेमा आशंका गर्न सकिन्छ। राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘यो मोर्चाले कसकोविरुद्ध लड्ने हो भन्ने नै प्रष्ट छैन। चुनाव लड्नका लागि बनाइएको हो भने अहिले चुनाव नै छैन, चार वर्षपछि छ। त्यतिबेलासम्म टिक्छ कि टिक्दैन पनि थाहा छैन। यसको काम के छ र?’

खतिवडा यो कुन खालको समाजवादी मोर्चा हो भन्ने पनि नै प्रष्ट नभएको बताउँछन्। ‘तीन वटा कम्युनिस्ट पार्टी र एउटा गैरकम्युनिस्ट पार्टी छ। गैरकम्युनिस्ट पार्टीले पहिचानको मुद्दा उठाउँछ। अरुले मान्दैनन्’, उनी भन्छन्, ‘यसले उत्साह होइन, निराशा बढाउँछ र देशको राजनीतिलाई झन् गञ्जागोल बनाउँछ जस्तो लाग्छ।’

समाजवादी मोर्चामार्फत् कम्युनिस्टहरुले कम्युनिस्ट छोडेर समाजवादी हुन लागेका हुन् कि, समाजवादी कम्युनिस्टतिर फर्किएका हुन् भन्ने अन्योल रहेको उनको भनाइ छ।

समाजवादी मोर्चामा जोडिएका चार दलमध्ये तीन वटा कम्युनिस्ट दलहरु नै छन्। त्यसैले यो मोर्चा कम्युनिस्ट पार्टीहरुकै ‘मिनी गठबन्धन’ जस्तो देखिन्छ। तर, कम्युनिस्ट पार्टीहरुको मोर्चाबन्दी, गठबन्धन तथा पार्टी एकताबाट आउने नतिजाका सम्बन्धमा नेपाली समाज भलिभाँती जानकार छ। २०७४ कै निर्वाचनमा तत्कालीन दुई ठूला कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी केन्द्र वामगठबन्धन गरेर होमिएका थिए। संसद्‌मा झन्डै दुई तिहाइ शक्ति आर्जन गरेका उनीहरुले पार्टी एकता पनि गरे। त्यसपछि उनीहरु झै–झगडामै व्यस्त भएको र वाचा गरिए अनुसारको काम गर्न नसकेको भन्ने भाष्य नै स्थापित छ।

अहिले समाजवादी मोर्चाका तर्फबाट प्रस्तुत गरिएका उद्देश्यहरु पनि पूरा नहुने खतिवडा बताउँछन्। ‘उनीहरुले भनेका १५ वटा बुँदा त अहिले हाम्रो संविधानमा नै छ। अनि कांग्रेसले त्यो मान्दिनँ भन्छ र? एमालेले त्यो मान्दिनँ भन्छ र? समाजवादी जति सबैको एकता भनेको हो भने कांग्रेस, एमाले र रास्वपालाई पनि त्यहीँ लगे भइहाल्यो’, उनको व्यंग्यमिश्रित सुझाव छ।

समाजवादी मोर्चा लामो समयसम्म टिक्ने र सहभागी दलहरुले मोर्चाको भावना अनुरुप काम गर्नेमै शंका व्यक्त भएका छन्। किनकि, समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रकै छवि धोकेवाजको रुपमा स्थापित छ। एकीकृत समाजवादीभित्र मोर्चालाई लिएर फरक–फरक बुझाइ छ। विप्लव नेतृत्वको नेकपा संसदीय अभ्यासलाई अस्वीकार गरिरहेको दल हो। ‘उनीहरुले लामो समयसम्म साझा धारणा बनाएर जाने सम्भावना म देख्दिनँ’, खतिवडाको भनाइ छ, ‘यो केही होइन। बेकारको हल्ला जस्तो मात्रै हो।’

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जब... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै सूचना तथा प्रसारण विभागले आज अपराह्न ३:४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रति... शुक्रबार, असार २०, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘सुदूरपश्चिममा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, ठीकै... बिहीबार, असार १९, २०८२
ताजा समाचारसबै
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल शुक्रबार, असार २०, २०८२
युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मारिए शुक्रबार, असार २०, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्