काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगन स्पेनिस ला–लिगा क्लब बार्सिलोनामा आबद्ध भएका छन्। बार्सिलोनाले गुन्डोगनलाई फ्रि–ट्रान्सफरमा भित्र्याएको हो।
उनीसँग सन् २०२५ सम्मको सझौता बार्सिलोनाले गरेको छ। सिटीका लागि ३०४ खेलमा ६० गोल गरेका गुन्डोगनले गत सिजनमात्रै ट्रिबेल उपाधी (च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप) जितेका छन्।
जाभीका लागि उनले आउँदो सिजनको पहिलो सम्झौता हन्। केही समयमा मात्रै बार्सिलोनाले औपचारिक रुपमा गुन्डोगनलाई सार्वजनिक गर्ने तयारी गरेको छ।
जर्मन मिडफिल्डर गुन्डोगन अक्टोबर २४ मा ३३ वर्ष पुग्छन्। उनी सन् २०१६ मा बोरुसिया डर्टमन्डबाट सिटी गएका थिए। उनी सिटीका प्रशिक्षक पेप ग्वार्डिवाला युगको पहिलो हस्ताक्षर थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।