काठमाडौं– भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज (मंगलबार) पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। साफ च्याम्पियनसिपको साविक उपविजेता नेपाल सेमिफाइनलको होडबाट बाहिरिसकेको छ।
पाकिस्तानसँगको खेल नेपालका लागि ‘प्रतिष्ठाको लडाइँ’ हुनेछ। नेपाल र पाकिस्तानबीचको खेल भारतको बेंग्लोरस्थित कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न ३:४५ बजेदेखि सुरु हुनेछ।
यसअघिका दुवै खेलमा हार बेहोरेको नेपाल पहिलो जितको खोजीमा रहनेछ। समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँ ग३–१ गोलले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा भारतसँग २–० गोले पराजित हुँदै नेपाल एक खेल अघि नै बाहिरिएको थियो।
पाकिस्तान भारत र कुवेत दुवैसँग समान ४–० गोलको हार बेहोरेर प्रतियोगिको सेमिफाइनल होडबाट बाहिरिसकेको छ। नेपाल र पाकिस्तान रहेको समूह ‘ए’बाट भारत र कुवेत सेमिफाइनल प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।