काठमाडौं- इंग्लिस क्लब चेल्सीका स्ट्राइकर काई हाभर्टजलाई आर्सनलले भित्र्याएको छ। हाभर्टजलाई आर्सनलले ६५ मिलियन पाउण्डमा भित्र्याएको हो। उनीसँग सन् २०२८ सम्मका लागि ५ वर्षे सम्झौता आर्सनलले गरेको छ।
२४ वर्षीय जर्मन स्ट्राइकरले यसअघि ३ वर्ष स्टामफोर्ड ब्रिजमा बिताएका थिए। बायर लेभरकुसेनबाट ७१ मिलियन पाउण्डमा उनी स्टामफोर्डमा आएका थिए। गत सिजन चेल्सीका हाभर्टजले ९ गोल गरेका थिए।
हाभर्टजले ९१ प्रिमियर लिगका खेलमा १९ गोल गरेका छन्। सन् २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्ट सिटीलाई हराउँदै चेल्सीले उपाधि उचाल्दा उनी मुख्य खेलाडी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।