• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सदनमा विपक्षी मोर्चाको बढ्दो शक्तिले प्रचण्डलाई संकट कति?
64x64
किशोर दहाल बिहीबार, असार १४, २०८०  १९:३२
1140x725

काठमाडौं- बुधबार प्रतिनिधि सभामा भएको बजेटमाथिको मतदानमा पक्षमा १४७ मत पर्‍यो। केही बेरपछि एमाले सांसद सूर्य थापाले फेसबुकमा लेखे- ‘अब एक धक्कामा पतन।’ आफ्नो निष्कर्ष लेख्नुअघि थापाले प्रतिनिधि सभामा भएका तीनवटा मतदानको अंकगणित प्रस्तुत गरेका थिए- पहिलो पटक विश्वासको मत, दोस्रो पटक विश्वासको मत र बजेटमाथिको मत।

बजेटमाथि सत्तारुढ दलहरुले नै व्यक्त गरिरहेको असन्तुष्टिबाट लाभ लिने उद्देश्यसहित एमालेको तर्फबाट मत विभाजन माग गरिएपछि सभामुख देवराज घिमिरेले नामावलीमा दस्तखतसहितको मत विभाजनद्वारा मत संकलन लिने प्रक्रिया अपनाएका थिए। मतदानमा विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने पक्षमा १४७ मत परेको थियो। आफ्नो मागले देखिनेगरी कुनै परिणाम नल्याए पनि त्यसले दिने सन्देशबाट एमाले पंक्ति उत्साहित भएको देखिन्छ। जसलाई थापाको फेसबुक स्टाटसले मात्रै होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्रियाले पनि प्रष्ट पार्छ।

बुधबारको संसद् भवन परिसरमा पत्रकाहरुसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका थिए, ‘गठबन्धनसँग बहुमत थियो। बजेट पारित हुनु स्वभाविक हो। हामीले आफ्नो मत देखायौं। ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो। अरु त्यसमा केही भनिरहनु परेन।’ उनले ‘केही भनिरहनु परेन’ भन्दै गरेको संकेत हुनसक्छ- ‘अब ५० प्रतिशतबाट तल झर्न समय लाग्दैन।’

सामान्यतया विधेयकमाथि हुने दुर्लभ मतदान र मत परिणामले सरकारप्रतिको विश्वास वा अविश्वासभन्दा पनि सम्बन्धित विधेयकमाथिकै विश्वास वा अविश्वास व्यक्त गर्नुपर्ने हो। तर नीति तथा कार्यक्रम वा बजेटसँग सम्बन्धित विधेयकले भने सरकारप्रति सदनमा कायम विश्वासको मात्रात्मक संकेत पनि दिन्छ। नीति तथा कार्यक्रममा मतदानबाट पारित हुन नसकेकै कारण कुनै बेला गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपरेको थियो।

बुधबारको परिणामले प्रधानमन्त्री प्रचण्डमाथि राजीनामा नै दिनुपर्ने संकट त सिर्जना गरेन। तर, सदनमा सत्तापक्षको शक्ति गुम्दै गएको प्रष्ट भएको छ। पुस २६ मा पहिलो पटक विश्वासको मत लिँदा मतदानमा सहभागी २७० मध्ये पक्षमा २६८ मत परेको थियो। त्यस्तै, चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदा सहभागी २६२ मध्ये पक्षमा १७२ मत मात्रै पर्‍यो। बुधबार बजेटमा मतदान हुँदा पक्षमा १४७ मत मात्रै पर्‍यो।

सरकारको व्यवहारकै कारण यो अवस्था आएको एमाले उपाध्यक्ष सुवास नेम्वाङको भनाइ छ। बुधबार नेपाल लाइभसँग कुराकानी गर्दै उनले स्थिति राम्रो नभएको बरु दुःखद् भएको बताए।

सदनमा भएको मतदानमा बहुमतबाट बजेट पारित भइसकेकाले कति मत खस्यो भन्ने कुराको अर्थ नभएको बताउँछिन्, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्मा। सरकारले गरेका कामका कारण सरकारको पक्षमा जनमत बढेको उनको भनाइ छ। ‘सांसदहरु दलसँग बाँधिएका हुन्छन्’, उनले भनिन्, ‘दलीय ह्विपका आधारमा हुने मतदानबाट मत घट्यो कि बढ्यो भन्ने निष्कर्ष निकाल्ने कुरा नै गलत छ।’

विधेयक पारित गर्न सरकारले आवश्यक मत पाएपछि कुरा सिद्धिने भएकाले सरकारमाथि नैतिक संकट नहुने उनको भनाइ छ। ‘कति प्रतिशत मत पाए नैतिक संकट हुने, नत्र नहुने भन्ने छलफलको विषय नै होइन। त्यो राजनीतिक आग्रहभन्दा अरु केही होइन’, उनको भनाइ छ।

पक्षमा मत घट्दै गएपछि स्वाभाविक रुपमा विपक्षमा मत बढ्दै गइरहेको छ। पुस २६ मा विपक्षमा केवल २ मत थियो। चैत ६ मा विपक्षमा ८९ र तटस्थमा १ मत परेको थियो। बुधबार बजेटमा भएको मतदानमा १०८ मत परेको थियो। पुस २६ मा राजमो र नेमकिपा मात्रै विपक्षमा उभिएका थिए। बुधबार (असार १३) सम्म आइपुग्दा एमाले, रास्वपा, राप्रपा, जनमत जस्ता दलहरु विपक्षी कित्तातिर धकेलिँदै गएका छन्। जबकि, सुरुवातमा उनीहरु यही सरकारमा सहभागी थिए।

बुधबार बजेटको पक्षमा उभिनका लागि जसपालाई प्रधानमन्त्री स्वयंले अनुरोध गर्नुपरेको थियो। सो दलको संसदीय दलको बैठकमै पुगेका थिए। बजेट विनियोजनप्रति असन्तुष्टि राखिरहेका जसपा सांसदहरुलाई उनले यसपटक बजेट पारित गर्न सघाउन र पछि ‘मिलाउने’ वचन दिएका थिए। त्यसपछि मात्रै जसपा बजेट पारित गर्न सघाउन तयार भएको थियो। जबकि, जसपा स्वयं सरकारमै छ। सवाल जसपाको मात्रै होइन, एकीकृत समाजवादीका सांसदहरुले पनि खुला रुपमै बजेट पारित हुन नदिने धम्की दिएका थिए। सदनमा पनि सत्तापक्षका सांसदहरुले प्रतिपक्षीले जस्तो मत राखेका थिए।

रोचकचाहिँ के छ भने, जसपा तथा एकीकृत समाजवादीसमेतलाई सहभागी गराएर प्रधानमन्त्री प्रचण्डले असार ४ गते मात्रै समाजवादी मोर्चा घोषणा गरेका थिए। त्यतिबेला उनीहरुले कैयौं साझा बुझाइ सार्वजनिक गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका थिए। तर, बजेटकै विषयमा उनीहरुबीच मतभेद प्रष्ट भएको छ। यसले समाजवादी मोर्चाको आडमा आफूलाई बलियो रुपमा स्थापित गर्ने प्रधानमन्त्री प्रचण्डको प्रयत्न सफल हुनेमा आशंका सिर्जना गरिदिएको छ। जसले उनका आगामी दिन सहज छैन भन्ने देखाउँछ।

अर्कोतिर, यतिबेला सत्तारुढ दलहरु कांग्रेस र एमालेका शीर्ष नेताहरुले नै सरकार परिवर्तनको चर्चा गरिरहेका छन्। त्यसबाट सिर्जना भएको मनोविज्ञानलाई खण्डित गर्ने प्रयत्नस्वरुप प्रधानमन्त्री प्रचण्ड स्वयंले सरकारको बचाउ गर्नुपरेको छ। यस्ता सन्दर्भहरुले सत्तारुढ दलभित्रको अविश्वास र असमझदारीलाई प्रष्ट पार्छ।

सरकारको स्वतः बहुमत हुने भएकाले विधेयकमा खासै मतविभाजन नमागिने प्रचलन हुन्छ। तर, एमालेले बुधबार मत विभाजन नै मागेर आफू थप सशक्त प्रतिपक्षी बन्ने संकेत दिएको छ। अर्कोतिर, केही महिनायता सदनमा एमालेकै अजेण्डा वरपर रास्वपा तथा राप्रपा पनि उभिँदै गएको देखिन्छ। उनीहरुबीच सदनमा उठाइने मुद्दाहरुमा साझा धारणा विकास हुँदै गएको छ र त्यसको परिणामस्वरुप सदनमा उनीहरुको अघोषित एकता पनि देखिन्छ। जसलाई पछिल्ला तीन सन्दर्भले प्रष्ट पार्छ। राष्ट्रपति कार्यालयमा विचाराधीन नागरिकता विधेयकलाई प्रमाणीकरण गरिएको घटना, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणसँग जोडिएका घटनाहरु र निर्वाचन आयोगको कार्यालयलाई सीडीओ अफिसमा राख्ने बजेटको प्रस्तावलाई लिएर एमाले, रास्वपा र राप्रपा झन्डै एउटै दलका रुपमा प्रस्तुत भए। एमाले र रास्वपाको त सदनमा आवाज पनि उस्तै हुने गरेको छ। उस्तै मुद्दामा संसद् अवरोध गरेको पनि देखिन्छ। त्यसैले संख्यात्मक रुपमा मात्रै होइन, प्रस्तुतिका हिसाबले पनि विपक्षी शक्ति बलियो भइरहेको देखिन्छ। जुन आगामी दिनमा थप बलियो र फैलिने सम्भावना देखिन्छ।

‘बजेटमा देखिएका बेथितिले (विपक्षमा) भोट हाल्ने जतिलाई एक ठाउँमा ल्याएको हो। सत्ता गठबन्धनमा रहेर पनि जो बजेटको विरोध गर्दै इमानदारीपूर्वक भोटिङलाई बहिस्कार गर्न पुग्नुभयो। हामी सल्लाह गरेर होइन। तर बजेटमा भएका अचम्मका बेथितिहरु छन् नि, जुन अन्याय छन् नि, त्यसलाई हेरेर एक ठाउँमा आइपुगेका हौं’, नेम्वाङले भने, ‘म के देख्दैछु भने, उहाँ (सरकार)हरुका यस्तै कामकारबाही र क्रियाकलापले सत्तामा रहेका साथीहरुलाई अचम्म लाग्ने संख्यामा चाँडै उभ्याउँछ। बहुसंख्यक एकातिर उभिएका हामीले देख्न पाउँछौं भन्ने मलाई लाग्छ।’

विपक्षीहरुको एक मत हुने तथा मोर्चाबन्दी गर्ने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने मन्त्री शर्माको भनाइ छ। आफूहरु पनि समाजवादी मोर्चा गठन गरेको सन्दर्भ जोड्दै उनले संसदीय व्यवस्था र लोकतन्त्रमा एक ठाउँमा उभिने र अलग हुने अधिकार सबै दललाई हुने बताइन्। ‘तर, विषयवस्तुलाई ठीक ढंगले उठाउने, सरकारलाई सचेत बनाउने, सरकारको कतै खुट्टा चिप्लिन थाल्यो भने ध्यानाकर्षण गराउने, रचनात्मक ढंगले आलोचना गर्नेभन्दा पनि पछिल्लो समय कतिपय अनावश्यक विषय उछाल्ने गरेको देखिएको छ’, उनले भनिन्, ‘अनावश्यक विषयमा संसद्लाई बन्धक बनाइनुहुन्न। यसले संसद्को मर्यादा घट्छ। घटाउनुहुन्न।’

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे नियमन र  सञ्चालन एउटैले नसक्ने उनले बताएका हुन। शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जब... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै सूचना तथा प्रसारण विभागले आज अपराह्न ३:४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रति... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे शुक्रबार, असार २०, २०८२
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल शुक्रबार, असार २०, २०८२
युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मारिए शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्