काठमाडौं– विश्वकप छनोट खेलका नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा गरिएको छ। नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।
गोलकिपरहरुमा किरण चेम्जोङ, अनिश देउला, दीप कार्की, अभिषेक बराल समेटिएका छन्। डिफेन्समा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, अन्जल महर्जन, छिरिङ लामा, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा र अन्जन राई समेटिएका छन्।
त्यसैगरी मिडफिल्डरमा एरिक बिस्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सभ राई, विशाल तामाङ, विवेक पौडेल र कृतिस रत्न छुन्जु छन्।
फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन बिस्ट, मनिष डांगी, आशिष चौधरी, विमल घर्तीमगर, जिलेस्पी जंग कार्की र दिनेश हेन्जन समेटिएका छन्।
साफ खेलेका ६ खेलाडी भने प्रारम्भिक टोलीमै परेनन्। जसमा विशाल श्रेष्ठ, पुजन उपरकोटी, नवीन लामा, मणि लामा, निशान खडका र दीपकराज सिंह ठकुरी बाहिरिएका छन्। नेपाली टिमको बन्द प्रशिक्षण अगस्ट १ देखि सुरु हुने एन्फाले जनाएको छ।
1688300990.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।