काठमाडौं- दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बंगलादेशलाई पराजित गरेको छ। बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा आइतबार भएको खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो।
खेलको निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट पुगेको हो। टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही र अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो।
बङ्गलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार नेपालकी गोलरक्षक अञ्जना रानामगरले बचाइन्। नेपालले चीनको होङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीस्वरूप पनि उक्त मैत्रीपूर्ण खेल खेलको हो।
यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बङ्गलादेशले एक–एक गोलको बराबरी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।