काठमाडौं- अमेरिकन क्लब इन्टर मियामीमा बार्सिलोनाका पूर्वखेलाडीहरुको मिलन हुने भएको छ। बार्सिलोनाका पूर्व खेलाडी लियोनल मेसी र सर्जियो बुस्केट यसअघि नै मियामीमा अनुबन्धन भइसकेका छन्।
उनीहरुपछि बार्साका अर्का पूर्व खेलाडी जोर्डी अल्बा पनि मियामी जाने पक्का भएको हो। योसँगै बार्सिलोनाका तीन पूर्वसहकर्मीको मियामी पुनर्मिलन हुने भएको छ।
३४ वर्षीय स्पेनिस डिफेन्डर अल्बाले मियामीसँग सम्झौता गरेका छन्। बार्सिलोनमा १० वर्षभन्दा बढी समय बिताएका अल्बाले ४५९ खेल खेल्दै २७ गोल गरेका छन्।
सन् २०२५ सम्मको सम्झौता गरेका मेसी र बुस्केट्सलाई आइतबार क्लबले सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।