काठमाडौं– दक्षिण एसियाली फुटबल प्रतियोगिता अन्तर्गत उमेर समूहका दुई प्रतियोगिता साफ यू–१६ र यू–१९ को खेल तालिका सार्वजनिक भएको छ।
आइतबार दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको तालिका अनुसार नेपालले यू–१६ को पहिलो खेल बंगलादेशसँग र यू–१९ को पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।
अनुसार यू–१६ मा नेपाल रहेको समूह ‘ए’ मा भारत र बंगलादेश छन्। यू–१६ प्रतियोगिता भुटानको थिम्पुमा सेप्टेम्बर १ देखि १० सम्म हुदैछ। यू–१६ मा सेप्टेम्बर २ मा बंगलादेशसँग खेल्ने नेपालले सेप्टेम्बर ५ मा भारतसँग खेल्नेछ।
यस्तै, यू–१९ मा नेपाल, माल्दिभ्स र पाकिस्तान सम्मिलित समूह ‘ए’मा परेको छ। यो प्रतियोगिता नेपालको काठमाडौंमा सेप्टेम्बर २१ देखि ३० सम्म हुँदैछ।
यू–१९ मा सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्ने नेपालले सेप्टेम्बर २५ मा माल्दिभ्ससँग खेल्नेछ। नेपालले यसवर्ष साफको उमेर समूहको यू–१९ प्रतियोगिताको आयोजना गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।