काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिममा २ मिडफिल्डर र १ फरवार्ड थप गरिएको छ। नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अब्लबर्टो एनेसेलले आफ्नो प्रारम्भिक टोलीमा ३ सदस्य थप गरेका हुन्।
उनले फ्रेण्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँल र जावलाखेल युथ क्बलका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोलीमा बोलाएका हुन्। योसँगै प्रारम्भिक टोली अहिले ३३ पुगेको छ।
अहिले मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भने अभ्यासमा व्यस्त रहेका छन्। मछिन्द्रले एएफसी कप र आर्मीले डुरान्ड कप खेल्दैछ। यी २ क्लबबाट राष्ट्रिय टिममा बोलाइएका खेलाडीहरु आफ्नो प्रतियोगिता सकिएपछि राष्ट्रिय टिममा सामेल हुनेछन्।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षण भदौ १ गतेबाट सुरु हुँदैछ। फिफा विश्वकप २०२६ छनोटअन्तर्गत नेपालले पहिलो चरणमा लाओससँग खेल्ने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले ड्र सार्वजनिक गरिसकेको छ।
प्रारम्भिक नेपाली टोली:
गोलरक्षक: किरण कुमार लिम्बू, अनिस देउला, दीप कार्की, अभिषेक बराल।
डिफेन्डर: बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन, छिरिङ लामा, अन्जन राई।
मिडफिल्डर: एरिक बिष्ट, सुदिप गुरुङ, लकेन लिम्बू, आभाष लामिछाने, उत्सभ राई, विशाल तामाङ, विवेक पौडेल, कृतिश रन्त छुन्जु, सन्तोष कार्की, कुशल फुयाँल।
फरवार्ड: आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तीमगर, गिलेप्सी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।