• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
चामल निर्यातमा भारतको प्रतिबन्ध: नेपालदेखि अमेरिकासम्म कस्तो असर?
64x64
दुर्गा दुलाल शनिबार, साउन १३, २०८०  १३:०३
1140x725

काठमाडौं– अघिल्लो शुक्रबार मलाई केही साथीहरुबाट थाहा भयो कि वर परका कुनै पनि किराना पसलमा चामलको अभाव रहेको छ। मैले सोचेँ यो अफवाह वा बजारी हल्ला हो। किनकी मलाई थाहा थियो भारतमा चामल धेरै उत्पादन हुन्छ। तर एक्कासी आफन्त र साथीभाईहरुले ह्वाट्एपमा सन्देश पठाइरहेका थिए ‘बजारमा चामल छैन’। आटा पनि पाइरहेको छैन। पछि म जब पसल पुगेर देखे कि जहाँ चामल र आटाहरु प्रशस्त राखिएको हुन्थ्यो ति स्टोरहरु खाली थिए।

यो भनाइ हो अमेरिकाको डेलसमा पछिल्लो १२ वर्षदेखि रहँदै आएका कृष्ण बी कुमारको। उनले आफ्नै आँखाले यो पहिलोपटक देखे। उनले यस्तो अवस्था कहिल्यै देखेका थिएनन्। उनले भने, ‘आस पासका किराना पसलबाट न चामल पाइरहेको थियो न त आटा नै पाइन्थ्यो। पसलेहरुले बल्ल बल्ल प्राप्त हुने सामानको पनि ३ गुणा महँगो मूल्य लिइरहेका थिए।’

भारत सरकारले २० जुलाइमा चामल निर्यातलाई लिएर ठूलो निर्णय लिएको थियो। भारतले सबैभन्दा धेरै निर्यात हुँदै आएको गैर बासमती सेतो चामल निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जसले निर्यातको लोड अनुमति पाएका थिए, उनीहरुले लैजान पाउने अरुले नपाउने उक्त निर्णयमा भनिएको थियो।

भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। ‘निर्यात नीतिअनुरुप गैर बासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ,’ महानिर्देशनालयको सूचनामा भनिएको छ। भारतले यसरी प्रतिबन्ध लगाउनुको कारणमा यो तर्क दिएको छ कि आउने तिहारमा घरेलु बजारमा चामलको माग वृ्द्धि हुने छ र खुद्रा व्यापारको मूल्यलाई नियन्त्रण गर्न अहिले नै यो कदम चालिएको हो।

भारत विश्वको धेरै चामल निर्यात गर्ने देशमा पर्दछ। यो निर्णयलगत्तै चामल निर्यात आधा भएको छ। भारत सरकारको यो निर्णयसँगै विश्वभरको खाद्य बजार प्रभावित भएको छ। खाद्य बजारमा चामलको मूल्य पनि वृद्धि भएको छ। 

किन लियो त भारत सरकारले यो निर्णय? 
भारत सरकारका अनुसार घरेलु बजारमा चामलको मूल्य लगातार उकालो लागेको छ। चामलको खुद्रा मूल्यमा १ वर्षमा ११.५ प्रतिशतले वृद्धि भएको देखिएको छ। पछिल्लो महिना यो दर ३ प्रतिशतले बढेको छ।

घरेलु बजारमा चामलको मूल्यमा कमी ल्याउन र चामलको उपलब्धता सुनिश्चित गर्नका लागि सरकारले अघिल्लो वर्ष अगस्ट ८ मा  गैर बासमती सेतो चामल निर्यातमा २० प्रतिशत निर्यात शुल्क लगाएको थियो। यसको उद्देश्य चामलको निर्यातमा कमी आओस् भन्ने भएको भारतको दाबी थियो। तर त्यसको असर निर्यातनमा खासै देखिएन।

गैर बासमती सेतो चामल निर्यात २०२१–२०२२ मा ३३.६६ लाख टनबाट वृद्धि हुँदै (सेप्टेम्बर–मार्च) २०२२–२०२३ मा ४२.१२ लाख टन पुगेको थियो। मौजुदा वर्ष २०२३–२४(अप्रिल–जून)मा गैर बासमती चामल निर्यात लगभग १५.५४ लाख टन भएको तथ्याङ्कमा उल्लेख छ। जुन अघिल्लो वर्ष २०२२–२३(अप्रिल–जून)को तुलनामा ३५ प्रतिशत धेरै थियो।

सरकारको मान्यता छ कि यसरी निर्यातमा वृद्धि हुनुको कारण भू–राजनीतिक परिदृश्य, चामल उत्पादक देशमा भइरहेको मौसमको परिर्वतन र अन्य राजनीतिक अस्थिरताको कारण हो। तर भारतले बासमती चामल र अरु चामलको निर्यातमा कुनै प्रतिबन्ध नलगाएको दाबी गरेको छ।

बीबीसीसँग कुरा गर्दै राइस एसोसिएसन अफ इन्डियाका कार्यकारी निर्देशक राजीव कुमारले यो प्रतिबन्धका कारण घरेलु बजारमा चामलको मूल्य प्रतिकिलो ४ रुपैयाँ कम भएको दाबी गरे। यही कारण बजारमा चामलको मूल्य अझै कम गर्ने चाहाना सरकारको रहेको उनले बताए। यही मौकामा थाईल्याण्ड र भियतनामले आफ्नो चामलको मूल्यमा १० प्रतिशत वृद्धि गरेका छन्।

नेपालमा के असर पर्छ? 
भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको असर नेपालमा साउनको पहिला हप्तादेखि सुरु भएको कृषि मनत्रालयले जनाएको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयका एक अधिकृतका अनुसार नेपालमा गत वर्ष पनि २० प्रतिशत कर वृद्धि हुँदा पनि असर परेको र त्यसबाट सहज रुपमा बाहिर निस्कन सफल भएकाले यस पटक समग्रमा ठूलो असर नपर्ने मूल्यांकन सरकारले गरेको छ।

बजारमा चामलमा केही मूल्य वृद्धि हुने, तर अभाव भएर हाहाकार भने नहुने मन्त्रालयको दाबी छ। ‘बजारमा अभाव सिर्जना हुने गरी नहोला भन्ने हाम्रो अनुमान हो। तर व्यापारीका कारण केही भइहालेको अवस्थाका लागि मन्त्रालयले तयारी गरेको छ,’ सचिव गोविन्द प्रसाद शर्माले भने,  ‘खानै नपाउने समस्या नहोला।’

भारतले अहिले लगाएको निर्यातको प्रतिबन्धले आत्मनिर्भर हुन पाठ सिकाउने कृषि विज्ञहरुको दाबी छ। नेपालले आफ्नै उत्पादनमा वृद्धि गर्नुपर्छ, जसले गर्दा अन्यत्रबाट आयात गर्ने कुरा जहिले पनि बन्द हुन्छ भन्ने कुरा भारतको पछिल्लो घटनाले सिकाएको छ।

यो पनि पढ्नुहोस

कसरी धानमा आत्मनिर्भर हुन सक्छ नेपाल?

आत्मनिर्भर हुन पाठ सिक्नुपर्ने विज्ञहरुको भनाइ छ। अहिले नै नेपाल संकटमै नजाने, तर यसबाट पाठ चाहिँ सिक्नुपर्ने विज्ञहरुको भनाइ छ। राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक रामवरण यादवले भारतले निर्यातमा लगाएको प्रतिबन्धले असर पारेको दाबी गरे। धेरै मात्रामा भारतबाट चामल आउने र उसले निर्यातमा प्रतिबन्ध लगाउँदा असर नपर्ने कुरै नहुने उनको भनाइ छ। 

नेपाल भारतको एक असल छिमेकीसमेत भएकाले यसलाई हटाउन कूटनीतिक पहल गर्नुपर्ने उनले बताए। अहिले उद्योग व्यवसायी संघबाट निर्यात प्रतिबन्ध हटाउन अपिल गरेको कुरा आफूलाई जानकारी भएको भन्दै छिट्टै समाधान हुने आसा गरेको उनले बताए। यसपालीको वर्षा समयमा नहुँदा धान बालीका लागि ठूलो असर परेको उनले बताए।

‘हालसम्म ६५ देखि ६८ प्रतिशतसम्म रोपाइँ भएको छ। मधेसमा २० प्रतिशत मात्र रोपाइँ भएको छ,’ उनले भने, ‘अबको केही हप्तामा तराईमा पानी परेन भने ठूलो मात्रामा धान खेती हुने क्षेत्र बाँझै रहन्छन्।’ यसको असर अर्को वर्ष झन् ठूलो मात्रामा भारतबाट चामल आयात गर्नुपर्ने हुने र भारतले निर्यातलाई निरन्तर अवरोध राखेमा नेपालमा समस्या हुने उनले बताए। नेपालले  ५० अर्ब बराबर चामल आयात गर्ने गरेको भन्दै अब नेपालमै यसको विकल्प खोज्ने कार्यमा लाग्नुपर्ने उनले उल्लेख गरे। उनले यसका लागि सिँचाइ र आवश्यक समयमा पानीको जोहो गर्ने विधिहरुमा लगानी गर्नुपर्ने बताए।

यो पनि पढ्नुहोस

असार सकिनैलाग्दा २२ प्रतिशत मात्रै रोपाइँ, सबैभन्दा कम मधेसमा

कस्तो छ भारतबाट चामल आयातको तथ्याङ्क?
आर्थिक वर्ष २०७८/७९ मा २८ अर्ब ८५ करोड ८४ लाख ६७ हजार रुपैयाँको ५२५९७७.९४ मेट्रिक टन पालिस गरे/नगरेको चामल भारतबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। २७ हजार रुपैयाँको ५२५ केजी खैरो चामल गरी कूल २८ अर्ब ८५ करोड ८४ लाख ९४ हजार रुपैयाँको चामल भारतबाट आयात भएको देखिन्छ।

१६ अर्ब १२ करोड १ लाख ३१ हजार रुपैयाँको ५ लाख ४६ हजार ६३३.७९ मेट्रिक टन धान आयात भएको छ भने १ अर्ब ५३ करोड ६४ लाख ९१ हजार रुपैयाँको ५० हजार ३८५.८९ मेटिक टन कनिका आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा १५ अर्ब ४१ करोड ८६ लाख ७९ हजार रुपैयाँको २ लाख २२ हजार ६९२.९७ मेट्रिक टन चामल भारतबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

जसमध्ये ४ अर्ब ६ करोड ३४ लाख ९३ हजार रुपैयाँको ४८ हजार ५६९.७३ मेट्रिक टन बासमती चामल आयात भएको छ। ८१ हजार रुपैयाँको २.२९ मेट्रिक टन खैरो चामल आयात भएको छ। १ करोड ०७ लाख ८५ हजार १५९ हजार रुपैयाँको अन्य चामल आयात भएको छ।

यो पनि पढ्नुहोस

११ महिनामा साढे ३३ अर्बको धान–चामल आयात, उत्पादन क्षेत्र घट्दो क्रममा

यस्तै, ७० करोड ५५ लाख २१ हजार रुपैयाँको १ हजार ७६४.९१ मेट्रिक टन धानको बिउ पनि भारतबाट आयात भएको छ। १९ अर्ब ९९ करोड ४४ लाख १३ हजार रुपैयाँको ५ लाख ५५ हजार ८६९.४९ मेट्रिक टन धान आयात भएको छ। यस्तै, २८ करोड ५६ लाख ९६ हजार रुपैयाँको ८ xhf/ ९३३.२२ मेट्रिक टन कनिका आयात भएको छ।

अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा निर्यात प्रतिबन्ध हटाउन आग्रह 
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतलाई चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ। साउन ११ गते एक विज्ञप्ति निकाल्दै आईएमएफले चामल निर्यातमा लगाइएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने भन्दै यसलाई फिर्ता लिन भनेको थियो। भारत सरकारले गत जुलाइ २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्धले विश्व खाद्यको चक्रलाई नै असर पर्ने उसको दाबी छ। 

कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले  ‘वर्ल्ड इकोनोमिक आउटलुक’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भारतले चामलमा लगाएको प्रतिबन्ध हटाउनुपर्ने तर्क गरेका थिए। यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहने उनको दाबी थियो। उनले यस्तो प्रतिबन्ध विश्वव्यापी रूपमा हानिकारक हुनसक्ने कुरा विचार गर्न भारतलाई आग्रह गरेका थिए।

आईएमएफका मुख्य अर्थशास्त्री पीएर ओलिबबीए गुहाशाले बीबीसीसँग कुरा गर्दै भारतले यो फिर्ता लिनुपर्ने माग गरे। ‘हामी भारत सरकारलाई चामलमाथि लागेको प्रतिबन्ध हटाउनका लागि आग्रह गर्दछौं,’ उनले भने, ‘किनकि यसको असर दुनियाँभर पर्न सक्ने देखिएको छ।’

उनले भारतले गरेको यो निर्णयको असर त्यस्तै हुनसक्ने बताए, जस्तो काला सागरदेखि युक्रेनले खाद्यान्य निर्यातमा रोक लगाउँदा विश्वभरी परेको थियो। यही कारण विश्वभर गहुँको मूल्यमा वृद्धि भएको र विश्वभर खाद्यान्यको मूल्यमा १० देखि १५ प्रतिशत वृद्धि भएको उनले बताए।

कति चामल निर्यात गर्छ भारत?
भातरले गैरबासमती चामलमा प्रतिबन्ध लगाउँदैमा विश्वभरको चिन्ता किन देखियो भन्ने अहम प्रश्न उठेको छ। यसका लागि भारतको चामल उत्पादन र निर्यातको अंकगणित हेर्नुपर्ने देखिन्छ।

समाचार एजेन्सी रोयटर्सको रिर्पोट अनुसार विश्वमा चामल निर्यात गर्ने देशमध्ये भारतको हिस्सा ४० प्रतिशतभन्दा धेरै छ। यो २०२२ मा ५५.४ मिलियन टन थियो। भारतको चामल निर्यात २०२२को रेकर्ड २२.२ मिलियन टन सम्म पुगेको थियो जो दुनियाकै चामल निर्यातको चार ठूला देशमध्ये एकको तथ्याङ्क थियो। भारत थाईल्याण्ड, भियतनाम, पाकिस्तान र अमेरिकाभन्दा अगाडि थिए। 

भारतले १४० भन्दा धेरै देशमा चामल निर्यात गर्दछ। भारतको गैरबासमती चामलको प्रमुख खरिदारमा गर्नेमा अफ्रिकी देशहरु बेनिन, अंगोला, क्यामरुन, जिबुटी, पपुआ न्यू गिनी, आइभरी कोष्ट, केन्या र दक्षिण एसियामा बंगलादेश र नेपाल प्रमुख देशहरु रहेको छ।

इरान, इराक र साउदी अरबमा मुख्य रुपमा भारतबाट प्रिमियम बासमती चामल निर्यात हुने गर्दछ। भारतले २०२२ मा १७.८६ मिलियन टन गैरबासमती चामलको निर्यात गरेको थियो। जसमा १०.३ मिलियन टन गैरबासमती चामल पनि समावेश छ। सेप्टेम्बर २०२२मा भारतले एक प्रकारको चामलमा निर्यात प्रतिबन्ध लगायो। त्यस्तै अलग–अलग प्रकारको चामल निर्यातमा २० प्रतिशत शुल्क लगाएको थियो।

भारतीय किसानले वर्षमा २ पटक धान खेती गर्दछन्। जुनमा हुने उत्पादन कूल ८० प्रतिशत हुन्छ भने २० प्रतिशत अर्को सिजनमा हुने गर्दछ। यो तथ्याङ्क २०२२–२३ मा १३५.५ मिलियन टन थियो।

त्यस्तै वर्षाको सिजनमा हुने धान खेतीमध्ये धेरै हुने दक्षिण भारत हो। पश्चिम बंगाल, उत्तर प्रदेश, आन्ध्र प्रदेश, पञ्जाब, उडिशा र छत्तिसगढ प्रमुख चामल उत्पादनका क्षेत्र हुन्।

के जलवायू परिर्वतनको असर परिरहेको छ? 
सार्वजनिक सञ्चार माध्यमका अनुसार पछिल्लो केही सातामा भारतको उत्तरी हिस्सामा भारी मात्रामा वर्षा भएको छ। यही वर्षाको कारण पञ्जाव र हरियाणा जस्ता राज्यमा धेरै खाद्यबाली नष्ट भएका छन्। जसका कारण किसानहरुले दोहोर्‍याएर रोपाइँ गर्नुपरेको थियो।

उत्तरी भारतका कयौं धान खेतीमा हप्ताभरीभन्दा लामो समयसम्म पानी भरिएर रहन्छ। यही कारण खाद्यवाली बिग्रने गर्दछ। किसानहरुले खेती गर्न पानी कमी हुने समय पर्खनुपर्दछ। पछिल्लो समय पुन: रोपाइँका लागि पनि पर्खनुपर्ने बाध्यता देखिन थालेको छ। त्यस्तै केही क्षेत्रमा भने पर्याप्त वर्षा नहुँदा किसानले समयमा रोपाइँ गर्नै पाउँदैनन्। उनीहरुलाई वर्षा हुने समय कुरेर बस्नुपर्ने बाध्यता हुन्छ। यसो हुनुको प्रमुख कारण जलवायु परिर्वतन देखिएको छ। 

यसको असर किसानहरुमा प्रत्यक्ष रुपमा परेको देखिएको छ। किसानहरु हरेक वर्ष धानको मूल्य उच्च होस् भनी सरकारसँग आग्रह गर्ने गरेका छन्। तर यस्तो हुन नसकेको गुनासो किसानहरुले गर्ने गरेका छन्।

(बीबीसी, रोयटर्स र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार, असार २१, २०८२
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्