एजेन्सी- सेनेगलका फरवार्ड सडियो मानेले बायर्नन म्युनिख छाडेर क्रिस्टियानो रोनाल्डो रहेको साउदी अरबको क्लब अल-नासर जाने भएका छन्।
मंगलबार बायर्नले माने अल-नासर जाने पक्का भएको बताएको हो। क्लबले माने आउने विषयमा औपचारिक जानकारी गरिएको छैन। तर ट्विटरमा रहेको एक भिडियोमा उनी क्लबको १० नम्बर जर्सी लगाइरहेको देखिएका छन्।
मिडिया रिपोर्टका अनुसार ४३ मिलियन डलर ९५ अर्ब, ६८ करोड, ३८ लाख ६९ हजार नेपाली रुपैयाँमा उनी साउदी जाने पक्का भएको हो।
जर्मन च्याम्पियन लिग विजेता टोलीका सदस्य ३१ वर्षीय माने अहिले गोलका लागि संघर्षरत थिए। घाइते भएका कारण विश्वकप गुमाएका थिए।
मानेअघि अल-नासरले इन्टर मिलानबाट मार्सेलो ब्रोजोभिच, म्यानचेस्टर युनाइटेडबाट एलेक्स टेलेस र लेन्सबाट सेको फोफाना भित्र्याइसकेको छ।
लिभरपुलबाट कप्तान जोर्डन हेन्डरसन, रोबर्टो फिर्मिनो र फाबिन्हो पनि साउदी पुगिसका छन्। ब्यालोन डि’अर विजेता करीम बेन्जेमा, चेल्सीका एनगोलो कान्टे पनि साउदीकै क्लबमा अनुबन्ध भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।