• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
पीएसजीसँगको वार्तापछि प्रशिक्षणमा फर्किए एमबाप्पे, के भयो सहमति?
64x64
नेपाल लाइभ आइतबार, साउन २८, २०८०  १६:३७
1140x725

काठमाडौं- शनिबार राति लोरिन्टेसँग खेल्दै लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजन २०२३/२४ को खेल सुरु गर्‍यो। लोरिन्टेसँगको खेलका क्रममा टोली घोषणा गर्दा पीएसजीले आफ्ना स्टार केलियन एमबाप्पेलाई समेटेको थिएन। 

एमबाप्पेलाई टोलीबाट बाहिर राख्दै खेलेको खेलमा पीएसजी बराबरीमा रोकियो। च्याम्पियन पीएसजीले सोचेअनुसार राम्रो सुरुवात गर्न सकेन। लगत्तै त्यसको भोलिपल्ट आइतबार पीएसजी र एमबाप्पेबीच वार्ता भएको छ। 

उक्त वार्ता तथा छलफलपछि पीएसजीले एमबाप्पेलाई टोलीमा समावेश गराएको आधिकारिक रुपमा पुष्टि गरिसकेको छ भने एमबाप्पे पनि प्रशिक्षणमा फर्किएका छन्।

यसअघि टोली बाहिर राखिएका र स्टेडियम (रंगशाला) बाट पोस्टरसमेत हटाइएका एमबाप्पे आइतबारदेखि भने प्रशिक्षणमा फर्किएका छन्। पानी बाराबर जस्तो अवस्थामा रहेका पीएसजी र एमबाप्पेबीच भने अहिले केही समझदारी भएको बुझिएको छ। 

क्लबले सकारात्मक छलफल भएको र एमबाप्पे प्रशिक्षणमा फर्किएको बाहेक अन्य कुरा खुलाएको छैन। उनीहरुबीच के–के कुरामा सहमति भयो र एमबाप्पे टोलीमा फर्किए भन्ने अहिलेसम्म गोप्य राखिएको छ। पीएसजीले आउँदो आइतबार टुलुजसँग लिगको दोस्रो खेल खेल्दैछ। एमबाप्पे उक्त खेल खेल्न बताइएको छ।

यसअघि प्रि–सिजन टुरदेखि प्रशिक्षणबाट समेत एमबाप्पे आउटको घटनापछि पीएसजीले थप कठोर कदम चाल्दै उनको पोस्टर हटाउनुका साथै आफ्नो आधिकारिक स्टलबाट जर्सी बेच्न समेत प्रतिबन्ध लगाएको थियो। 

एमबाप्पेलाई अहिले नै बेच्न चाहेको पीएसजीले कुनै पनि हालतमा उनलाई क्लबमा राख्ने मुडमा थिएन। जसअनुसार एमबाप्पेको ठाउँमा भन्दै पीएसजीले थप खेलाडी समेत अनुबन्धन गरिसकेको छ। 

पीएसजीले बार्सिलोनाबाट उसमान डेम्बेले र बेनफिकाबाट अर्का पोर्चुगिज स्ट्राइकर रामोसलाई लोनमा भित्र्याएको छ। एमबाप्पेलाई अहिले नै बेचेर मोटो रकम लिने दाउमा पीएसजी छ भने एमबाप्पे भने १ वर्ष पीएसजीमै बस्दै फ्रि ट्रान्सफरमा अन्य क्लबमा जान चाहेका छन्। यही द्वन्द्व पीएसजीमा उत्कर्षमा पुगेको थियो। जसअनुसार पीएसजीले एमबाप्पेको पोस्टर हटाउनेदेखि आधिकारिक स्टलबाट जर्सी बेच्न र प्रशिक्षणमा समेत सहभागी गराएको थिएन। त्यसो त एमबाप्पे यसअघि पीएसजीको प्रि–सिजनको एसिया टुरमा समेत सहभागी भएका थिएनन्। 

Ncell 2
Ncell 2

पीएसजीका मुख्य गोलकर्ता एमबाप्पेको सम्झौता अबको एक वर्षमा सकिँदैछ। उनी पीएसजीसँग सम्झौता नलम्ब्याउने पक्षमा छन्। जसकारण पीएसजी र एमबाप्पेबीच अहिले ठूलो विवाद छ। 
पीएसजी एमबाप्पेलाई अहिले नै बेचेर मोटो रकम लिने दाउमा छ। जसअनुसार पीएसजीले एमबाप्पेलाई साउदी क्लब अल हिलाललाई बेच्ने तयारी गरेको थियो। तर त्यसलाई एम्बाप्पेले ठाडै अस्वीकार गरेका थिए। 

एम्बाप्पेका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको मेगा प्रस्ताव गरेको थियो। अल हिलालको उक्त प्रस्तावमा सहमति जनाउँदै पीएसजीले एमबाप्पेसँग थप वार्ता गर्न स्वीकृति दिएको थियो। पीएसजीको उक्त स्वीकृतीसँगै एमबाप्पेका एजेन्टलाई अल हिलालसँग कुराकानी गर्ने बाटो खुलेको थियो। तर एमबाप्पेले अहिले नै युरोप छाडेर साउदीको प्रो–लिगमा नजाने भन्दै ठाडै अस्वीकार गरेपछि हिलालको मेगा प्रस्तावमा थप कुराकानी अघि बढ्न सकेन।

एक वर्षपछि सम्झौता सकिने भएकाले त्यतिबेला सित्तैमा स्टार खेलाडी एमबाप्पेलाई छाड्नुपर्ने भएकाले पीएसजी अहिले नै कुनै पनि हालतमा उनलाई बेच्ने रणनीतिमा छ। एमबाप्पेले अहिले क्लब नछाडे एक वर्षसम्म बेन्चमै थन्क्यिाइदिने भन्दै पीएसजीले धम्की समेत दिएको थियो।
अर्को सिजनको अन्त्यमा पीएसजी छाड्ने र रियल म्याड्रिड जाने इच्छा स्वयं एमबाप्पेले व्यक्त गरेका थिए। 

सन् २०१७ मा १६५.७ मिलियन पाउन्डमा मोनाकोबाट पीएसजीले एमबाप्पेलाई अनुबन्धन गरेको थियो।

shivam cement

shivam cement

एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन्। यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन्। पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन्।

उनले फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताए भने २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए। २०२२ मा आफ्नो अन्तिम सम्झौताको अन्त्यमा उनी रियल म्याड्रिडमा नि:शुल्क सामेल हुने अपेक्षा गरिएको थियो, तर पीएसजीमा २ वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेर सबैलाई चकित पारेका थिए।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैः यस्तो छ सम्भावित कार्यसूची
आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश
सम्बन्धित सामग्री
बार्सिलोनाले जित्यो २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि खेलको ५३ औँ मिनेटमा १७ वर्षीय यमालले लामो दुरीबाट गरेको घुमाउरो प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । शुक्रबार, जेठ २, २०८२
समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै यो समूहको साफ च्याम्पियनसिपमा तेस्रोपल्ट आमुन्नेसामुन्ने हुँदा यी दुई टोलीको ध्यान भने समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्नेमा केन्द्... मंगलबार, वैशाख ३०, २०८२
ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक खेलको सुरुवातमा म्याड्रिडले लगातार दुई गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको थियो । फ्रेञ्च स्टार केलियन एम्बाप्पेले खेलमा ह्याट्रिक... सोमबार, वैशाख २९, २०८२
ताजा समाचारसबै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैः यस्तो छ सम्भावित कार्यसूची सोमबार, जेठ ५, २०८२
आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्