• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सदनबाहिर रास्वपाको 'आकस्मिक समय' !
64x64
किशोर दहाल सोमबार, साउन २९, २०८०  २३:४०
1140x725

काठमाडौं- सोमबारको प्रतिनिधि सभा बैठकमा सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका मानवीर राईपछि बोल्नका लागि कैयौँ सांसदहरुले हात उठाएका थिए। तिनै मध्येका एक थिए, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। तर उनले समय पाएनन्। सदनको 'आकस्मिक समय'मा बोल्न नपाएका उनी सदनबाहिर पत्रकारहरुमाझ प्रस्तुत भए। यस्तै शैली उनीहरुले गत २४ गते पनि अपनाएका थिए। संसद् अवरोधको प्रतिवाद गर्ने यो भद्र शैली आगामी दिनमा रास्वपाको परिचय बन्न सक्छ।

साउन १० गतेयता प्रतिनिधि सभाको बैठक अवरुद्ध छ। यद्यपि फाट्टफुट्ट सांसदहरुले धारणा भने राखिरहेका छन्। सभामुखको कुर्सीमा देवराज घिमिरे भएता पनि कसले बोल्न पाउला वा नपाउने भन्ने निर्धारण गर्ने परिस्थिति भने एमालेमा निहित भएको देखिन्छ। सोमबारकै सन्दर्भलाई हेर्दा, सुरुमै सत्ता पक्षका अरु सांसद बोल्ने भए एमालेको अवरोध छिचोल्न सम्भव नै थिएन। तर, सुनिल शर्माले जे बोल्नेवाला थिए, त्यसले एमालेले गरिरहेको ‘होस्टे’मा ‘हैँसे’ थपिनेवाला थियो। त्यसैले उनले अवसर पाए। अरुले त्यो अवसर कहाँ पाउनु!

पत्रकारहरूमाझ लामिछानेले केही दिग्दारी र केही असन्तुष्टि भावका बीच सदनमा बोल्न नपाउनुको छटपटी अभिव्यक्त गरेका थिए। त्यसक्रममा उनले केही महत्त्वपूर्ण सवाल उठाएका छन्। जसलाई परम्परागत संसदीय शक्तिहरु कांग्रेस र एमाले तथा संसदीय खेलमा पारंगत भइसकेको तर संसद् भनेपछि नाक खुम्च्याउने माओवादी केन्द्रले पनि सुन्न र गुन्न जरुरी छ।

तीन हप्तायता सदनमा दुई पक्ष मात्रै देखिन्छन्- कांग्रेस/माओवादी केन्द्र र एमाले। देख्दा उनीहरु तिक्ततापूर्ण सम्बन्धमा देखिन्छन्। तर उनीहरुद्वारा सिर्जित मिलेमतोको महागठबन्धनले रास्वपा जस्ता नयाँ दलहरुलाई संवादको दायराबाट समेत बाहिर राखेको देखिन्छ। सकेसम्म बेवास्ता गर्ने शैली उनीहरुले अपनाउँदै आएका छन्। त्यसले ती दलहरु गत मंसिर र वैशाखका निर्वाचनको सन्देशबाट सचेत नभएकै देखिन्छ।

जबकि रास्वपा भने आफ्नो उपस्थितिको जनाउ घण्टी बजाएको बजायै छ। सोमबार पनि लामिछानेले त्यही विषय जोडे। ‘रास्वपा पनि यो सदनमा छ। रास्वपा जनताले भर्खरै ताजा जनादेश दिएर, आशा र भरोसा बोकाएर पठाएको दल हो। हामीले हाम्रै ढंगले विरोधका आवाजहरु ल्याएका छौं। प्रतिपक्षी बेञ्चमा बसेर पनि हामीले जनताका मुद्दा आफ्नो ढंगले प्रस्तुत गरिरहेका छौँ,’ लामिछानेले आफ्नो दलको उपस्थितिबारे सभामुख र अन्य दललाई सुनाएका थिए।

अहिले पनि सदनमा देखिने दृश्यमा एमालेद्वारा अवरोध भएको र सभामुखले बैठक स्थगित गरेको पाइन्छ। तर, त्यो सबै प्रमुख तीन दलको योजनाभन्दा बाहिर भइरहेको छैन भन्ने लामिछानेको धारणा थियो। ‘मिलिजुली संसद् बन्दी बनाए जसरी बोल्न चाहेका मान्छेलाई बोल्न दिने, आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि जबरजस्त बन्द गर्ने। कुनै कोठाभित्र कसैले बसेर योजना बनाएको जस्तो गन्ध आयो। हामी यसको घोर विरोध गर्न चाहन्छौँ,’ उनले भने, ‘सदनमा त्यति मात्र सुन्न चाहियो, जति सुन्नका लागि 'प्लान' गरेर आइएको थियो।’

सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले सुरुमा कांग्रेस सांसद सुनिल शर्मा र त्यसपछि एमालेका सांसद मानवीर राईलाई बोल्नका लागि समय दिएका थिए। तर सभामुखले राईले बोलिनसक्दै सभामुखले शून्य समयको कार्यक्रम सुरु भएको घोषणा गरेका थिए। आकस्मिक समयमा बोल्न चाहेका अन्य पार्टीका सांसदहरुलाई उनले बेवास्ता गरेका थिए, जबकि एमालेको अवरोधका बीच शून्य समयको कार्यक्रम अघि नबढ्ने निश्चित जस्तै थियो। यसप्रति रास्वपाको आपत्ति देखिन्छ।

लामिछानेले पत्रकारमाझ सभामुखको निष्पक्षतामाथि प्रश्न उठाए। उनले सभामुखले सदन हाइज्याक गरेको आरोप लगाए। ‘संसद् हाइज्याक गरियो। (सभामुखले) त्यो सम्मान कायम राख्न सक्नुपर्ने छ। दल छोडेर सदन छिरिसकेपछि, सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन। व्यवहारले पनि पाइँदैन। क्रियाकलापले पनि पाइँदैन। भित्रि र बाहिरी रुपमा पनि पाइँदैन। यसले लोकतन्त्रको मूल्यमान्यतामाथि ठूलो कुठाराघात हुन्छ। ठूलो ठेस लाग्छ,’ उनको भनाइ थियो।

सभामुखप्रति पटकपटक असन्तुष्टि व्यक्त गरेका लामिछानेले उनको आजको शैली रेकर्डबाट हटाउनयोग्य रहेको भन्दै कटाक्ष गरे। ‘अत्यन्तै गलत नजिर बसेको छ,’ उनले थपे, ‘कहिलेकाहीँ संसद्‌मा बोलेका कुरा रेकर्डबाट हटाइयोस् भनिन्छ नि, यो क्रियाकलापचाहिँ संसद्को रेकर्डबाट हटाउनुपर्छ।’

सभामुखको निष्पक्षता संसदीय प्रणालीको सफलताको सबैभन्दा बलियो आधार हो। तर, यसअघि घिमिरेलाई जोडेर परोक्ष र अनौपचारिक रुपमा हुने गरेको पक्षधरताको आलोचनालाई यसपटक भने प्रतिनिधि सभाको चौथो ठूलो दलले सदनबाहिर उभिएर ठूलो स्वरमा सम्प्रेषित गरेको छ। यसका प्रति उनी स्वयं र उनलाई उत्प्रेरित गर्ने दल र नेताहरुले सचेत हुने अपेक्षा गर्नु वाञ्छनीय हुन्छ।

साउन १० गतेदेखि जारी राखेको संसद् अवरोधका कारण सदनको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ। समसामयिक विषयमा सांसदहरुले बोल्न पाएका छैनन्। कतिपय प्रस्तावहरु अलपत्र परेका छन्। एमालेको अवरोधका कारण सदनमा बोलेर रेकर्ड राख्नेभन्दा पनि बोल्न नदिएर रेकर्ड राख्नेतिर परिस्थिति अग्रसर भइरहेको छ। यस्तो पृष्ठभूमिमा लामिछानेले मुख्य दलहरुलाई सम्झाएको अर्को विषय थियो, संसद सञ्चालन हुनुको अर्थ र त्यहाँ बोल्नुको अर्थ।

कतिपय विषय सञ्चार माध्यमबाट जनतामाझ पुर्‍याउन सकिने भएता पनि कतिपय विषय भने संसद्कै रेकर्डमा राखिनुपर्ने उनको तर्क थियो। ‘आज म विशेष कुरा भन्न आएको थिएँ। जुन संसद्को रेकर्डमा मैले राख्नुपर्ने हुन्छ,’ उनको भनाइ थियो, ‘कैयौं यस्ता संवेदनशील विषयहरु हुन्छन्, जसलाई संसद्को रेकर्डमा राख्नुपर्ने हुन्छ। एउटा जेनेरेसनले अर्को जेनेरेसनलाई दिने सूचनाहरु हुन्छन्। एउटा संवादको विषय हुन्छन्। त्यसपछाडि त्यहाँ क्रिया प्रतिक्रिया हुन्छन्।’

संसदीय विधि र पद्धतिलाई राम्रोसँग सञ्चालन हुन दिइएन भने त्यसले यसकाप्रति नै निराशा सिर्जना गर्न सक्ने लामिछानेको चेतावनी थियो। अरुका हकमा मात्रै होइन, स्वयं आफूहरुलाई प्रणालीप्रति सम्मान भएता पनि गैरजिम्मेवार क्रियाकलापले प्रणालीप्रतिको विश्वास डगमगाउन सक्ने उनको भनाइ थियो।

नेपालको संसदीय अभ्यासका विगतलाई हेर्ने हो भने लामिछानेको चेतावनी यथार्थभन्दा बाहिर छैन। ५० को दशकमा त्यतिबेलाका मुख्य दुई दल कांग्रेस र एमालेको संसदीय गतिविधिलाई विकृत तुल्याउने क्रियाकलापको नेतृत्व गर्न कुनै कसर बाँकी राखेका थिएनन्। जसका कारण अहिले पनि यो प्रणालीप्रति नाक खुम्च्याउनेको संख्या ठूलै छ। ठूला दलहरु बेलैमा सचेत भएनन् भने लामिछानेको चेतावनी यथार्थमा परिणत हुँदै जानेछ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जब... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै सूचना तथा प्रसारण विभागले आज अपराह्न ३:४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रति... शुक्रबार, असार २०, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘सुदूरपश्चिममा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, ठीकै... बिहीबार, असार १९, २०८२
ताजा समाचारसबै
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल शुक्रबार, असार २०, २०८२
युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मारिए शुक्रबार, असार २०, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्