• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
खाण पक्राउ पर्दा सुशासनको पक्षमा, शर्मा पक्राउ पर्दा आरोपितको पक्षमा
64x64
किशोर दहाल मंगलबार, साउन ३०, २०८०  २०:३४
1140x725

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा गत वैशाख २७ गते पूर्व गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परे। त्यसपछि उनलाई पार्टीबाट निलम्बित गर्नुपर्छ वा पर्दैन भन्नेमा कांग्रेस नेतृत्व नै दुई धारमा विभाजित भयो। सार्वजनिक मतमतान्तर जारी रहेकै बेलामा साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा यो विषयको प्रवेश कसरी होला, सदस्यहरुले कस्तो मत व्यक्त गर्लान् भन्ने चासो थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका भनेर चिनिएका केन्द्रीय सदस्यहरुले त खाणको बचाउमा बोले। उनलाई साथ दिनुपर्ने धारणा राखे। जुन अपेक्षित नै थियो। शेखर कोइराला-गगन थापा पक्षका केही नेताहरुले आरोपित स्वयंले जवाफदेही हुनुपर्ने भन्दै खाणको पक्षमा पार्टी उभिन नहुने मत राखे। त्यस्तै मत राख्नेमध्येका एक थिए, अजयबाबु शिवाकोटी। साउन ४ गतेको बैठकमा बोलेका उनले खाणमाथि अन्याय भयो भन्ने लागेको हो भने सरकारबाट हट्नुपर्ने नत्र उनलाई निलम्बित गरिनुपर्ने मत राखे। 

शिवाकोटीले खाणलाई निलम्बन नगरिए जनमानसमा कांग्रेस रक्षात्मक हुने प्रष्ट पारे। 'सरकार र साथीमध्ये एक के रोज्ने हो। यो बैठकले टुंगो लगाउनुपर्छ,’ शिवाकोटीको निष्कर्ष थियो, 'तर मलाई खाने बाघले तँलाई पनि खाला भन्ने डर जस्तो भाष्य स्थापित गर्ने प्रयास गरेर जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस्।'

शेखर कोइरालाले पनि समग्रतामा यो विषयलाई जोडे। यद्यपि, उनले खाणको नाम भने लिएनन्। साउन ७ गतेको सम्बोधनमा उनले भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्ने भन्दै कांग्रेसले भ्रष्टाचारीको संरक्षण गर्न नहुने धारणा राखे। उनको भनाइ थियो, 'कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा गएर भोट माग्न सक्ने अवस्था हामीसँग छैन।'

कांग्रेसभित्रको गुटगत पक्षधरता र धारणाको प्रसारमा कोइराला, शिवाकोटी वा यो पक्षका नेताहरुको अभिव्यक्ति स्वाभाविक थियो। उनीहरुले सुशासनको पक्षमा आफूलाई उभ्याएर स्वयंलाई सुशासनको पक्षधर कांग्रेसीको पहिचान दिलाउने प्रयत्न गरेका थिए। कांग्रेस केन्द्रीय समितिमा देउवा पक्षका सदस्यहरू प्रचुर रहेको परिप्रेक्ष्यमा खाणलाई निलम्बन गरिँदैन भन्ने त प्रष्ट नै थियो। तैपनि, लाइभ भइरहेको बैठकमा केही सदस्यले राखेको धारणाकै कारण जनमानसमा त्यहाँ भित्रको मनस्थितिलाई छर्लंग पार्न भूमिका खेलेको थियो।

बैठक सकिएको दुई हप्तापछि कांग्रेसका एक जना सांसद सुनिल शर्मा पक्राउ परे। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा उनलाई साउन २५ गने गोल्फुटारबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। सीआईबीले शर्मालाई थुनामै राखेर अनुसन्धान गर्दै भोलिपल्ट जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो। तर न्यायाधीश दण्डपाणी शर्माको एकल इजलासले थुनामुक्त राखेरै अनुसन्धान गर्न आदेश दियो। उनी त्यसै दिन थुनामुक्त भएका थिए। 

तर, केन्द्रीय कार्यसमिति बैठकमा सुशासनको पक्षमा उभिएका नेताहरु भने यस पटक आरोपित शर्माको पक्षमा उभिए। जसरी खाणको बचाउमा उत्रिएका नेताहरुले सरकारले उनीमाथि प्रतिशोध साँधेको भनेर तर्क गर्थे, शर्मा पक्षका नेताहरुले उसैगरी उनको पक्राउलाई प्रतिशोधको रुपमा स्थापित गर्ने प्रयत्न गरे। यो पक्षका नेताहरुलाई यतिबेला सुशासनभन्दा पनि शर्माप्रति विश्वास देखियो। उनीहरुले आफूलाई आरोपितको पक्षमा प्रस्तुत गरे। कोइराला स्वयंले नै सुन काण्डबारे बोल्दा सरकारले शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाए। कांग्रेसभित्र शर्मालाई कोइराला पक्षका नेताकै रुपमा चिनिन्छ।

'सुन काण्डमा नेपाली कांग्रेसका एक जना सांसद (सुनिल शर्मा)ले उपप्रधानमन्त्री (नारायणकाजी श्रेष्ठ) र अर्थमन्त्री (प्रकाशशरण महत)को राजीनामा माग्नुभयो। उहाँले गल्ती/कमजोरी गर्नुभएको होला। त्यसमा मलाई केही भन्नु छैन। गल्ती कमी-कमजोरी भएका छन् भने दोषी हुनुपर्छ। दण्डित हुनुपर्छ। तर प्रतिशोधको भावना लिएर अगाडि बढ्दाखेर हामी कहाँ पुग्छौँ?', भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजना गरेको क्षेत्रीय सभामा बोल्दै उनले भनेका थिए।

केन्द्रीय समिति बैठकमा सुशासनको पक्षमा उभिएका शिवाकोटीले पनि शर्मा पक्राउ पर्नासाथै सामाजिक सञ्जालमा स्टाटस लेखेर असन्तुष्टि व्यक्त गरेका थिए। उनको आसय पनि सुन तस्करीको विषयमा बोल्दै आएकाले शर्मालाई पक्राउ गरिएको भन्ने थियो। 'केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो? संसद् चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन्? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै एकजुट भएका हुन्?', उनको प्रश्न थियो। 

जसरी देउवा पक्षका सांसदले खाणलाई अप्ठ्यारो परेका बेलामा मद्दत गर्नुपर्ने भनेर धारणा राखेका थिए, कोइराला लगायतका नेताहरु पनि शर्माको पक्षमा त्यसैगरी उभिए। आफू र आफूले प्रतिनिधित्व गर्ने पक्षको यस किसिमको दोहोरो शैलीका सम्बन्धमा शिवाकोटीले प्रतिक्रिया दिन असमर्थता व्यक्त गरे। देउवा पक्षका एक नेताले भने अर्को पक्ष (खाणको निलम्बन र शर्माको बचाउ गर्ने) दुईथरी रबैयाप्रति हाँस्दै टिप्पणी गरे। 'त्यतिबेला उहाँहरु कहाँ सुशासनको पक्षमा उभिनुभएको थियो र? खाणको विपक्षमा उभिनुभएको मात्रै हो', उनले भने।

शर्मा पक्राउ परेपछि कोइराला पक्षले सुशासनको पक्षधरको रुपमा आफ्नो निरपेक्ष अडान गुमाएको मात्रै होइन, उनलाई सकेको 'सहयोग' पनि गरेका थिए। २६ गते साँझ थुनामुक्त हुँदा शर्माले त्यसरी सहयोग गर्नेहरुको सूची नै प्रस्तुत गरे। जहाँ कोइरालादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम थियो। 'म कस्टडीमा भएको बेलामा मलाई धेरै मद्दत गर्नुहुने डा शेखर कोइराला, गगन थापाजी, अर्जुननरसिंह केसी दाइहरू लगायत मेरो हृदयको अन्तस्करणबाट मेरो पिताजीको जस्तै… भूमिका निर्वाह गरिदिनुभएको, राष्ट्र नायकको रुपमा आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली, उहाँ र उहाँको पार्टीको मान्छेलाई म फरक पार्टीको मान्छे भएता पनि धन्यवाद दिन चाहन्छु', शर्माले भनेका थिए।

साउन १० गते सार्वजनिक केन्द्रीय कार्यसमिति बैठकका निर्णयको एउटा वाक्यमा भनिएको छ- भ्रष्टाचारको कुनै जात, धर्म, लिङ्ग, वर्ण, सम्प्रदाय वा राजनीतिक दल हुँदैन।' तर खाणको सन्दर्भमा देउवा पक्ष र शर्माको सन्दर्भमा कोइराला पक्षका नेताहरुले व्यक्त गरेको शैलीले प्रष्ट पारेको छ- कसुरको गुट चाहिँ हुन्छ।

यो पनि पढ्नुहोस

 

सत्ता पक्षका विवादित सांसदको बचाउमा प्रमुख प्रतिपक्षी एमालेको शक्ति खर्च


 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जब... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै सूचना तथा प्रसारण विभागले आज अपराह्न ३:४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रति... शुक्रबार, असार २०, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘सुदूरपश्चिममा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर हाम्रो पार्टीका मन्त्रीलाई हटाउनु भयो, ठीकै... बिहीबार, असार १९, २०८२
ताजा समाचारसबै
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल शुक्रबार, असार २०, २०८२
युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मारिए शुक्रबार, असार २०, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्