• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि आकाशियो बजार भाउ
64x64
नेपाल लाइभ सोमबार, भदौ ४, २०८०  २०:१४
1140x725

काठमाडौं- भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ। अहिले प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

भारतले कर लगाउने सूचना पाउनुअघि कालीमाटीमा प्याजको मूल्य प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको थियो। जसअनुसार अहिले प्रतिकिलो २० रुपैयाँसम्म बढेको पाइएको छ। 

बजारमा भाउ बढ्न थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबारदेखि ४ वटा अनुगमन टोली खटाएर अनुगमन थालेको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए। भारतले कर लगाउने सूचना पाउनेबित्तिकै पुरानै स्टक प्याजको मूल्य बढाउने व्यापारीहरुलाई कार्बाही हुने उनले जानकारी दिए।

‘टोलीले बजारमा प्याज कतिमा बिक्री भइरहेको छ र खरिद कतिमा गरेको छ भन्ने अनुगमन गरेर कार्बाही गरिरहेको छ,’ उनले भने, ‘अहिले बजारमा ९० रुपैयाँदेखि १२० रुपैयाँसम्म बिक्री गरेको पाइएपछि ती व्यापारीलाई कार्बाही गर्दा प्रतिकिलो ७० रुपैयाँमा झरेको छ,’ उनले भने। 

भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बरको अन्त्यसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको जनाएको छ। विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ। प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि निर्यात कर लगाउने भएको हो। कर लगाएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ। 

यसअघि सरकारले बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको थियो। त्यसलगत्तै नेपालमा प्याजको मूल्य आकाशिएको थियो। केही व्यापारीले सरकारले लगाएको मूल्य अभिवृद्धि कर खारेजीको माग गर्दै केही समय प्याज ल्याएनन्। त्यसपछि बजारमा खुद्रा व्यापारीले कालोबजारी गरेका थिए।

बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज भोलिपल्टदेखि बढेर प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म पुगेको थियो। प्याजको मूल्य बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही गोदाममा छापा मारेको थियो। विभागले मूल्य नबढाउन निर्देशन दिँदै कारबाही थालेपछि मूल्यमा केही सुधार भएको पनि थियो।

भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य बढ्न थालेको हो। 

पटक-पटक अवरोध 
भारतले नेपाली बजारमा माग बढ्ने सिजनमा पटक-पटक प्याज निर्यातमा अवरोध गर्ने तथा कर लगाउने गर्दै आएको पाइन्छ। असार-साउनदेखि मंसिर-पुस महिनासम्म नेपालमा प्याज उत्पादन नहुने तर खपत बढी हुने गर्छ। 

२०७५ मंसिर १२ मा भारतले प्याजको अभाव भएको र मूल्य अकाशिएकाले नियन्त्रण गर्ने भन्दै निर्यातमा प्रतिबन्ध लगाउँदा यसको ठूलो प्रभाव नेपाली बजारमा परेको थियो। त्यस्तै, २०७६ असोजमा र २०७७ भदौ २९ मा पनि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

यसरी भारतले पटक-पटक प्याजको निर्यातमा रोक लगाउने तथा भ्याट लगाउने गर्दा यसको असर नेपाली बजारमा पर्ने गरेको छ। जसका कारण बजारमा प्याजको मूल्य बढाउने, कालोबजारी गर्ने गर्दा आम उपभोक्ता यसको मारमा पर्ने गरेका छन्।

भारतबाटै आउँछ शतप्रतिशत प्याज
विगत ५ वर्षमा नेपालमा कुल ६ लाख ६४ हजार ७३७ मेट्रिक टन प्याज आयात हुँदा २३ अर्ब ६३ करोड १ लाख ५३ हजार रुपैयाँ बाहिरिएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा छ। जससमध्ये शतप्रतिशत जस्तो प्याज भारतबाट नै आयात हुने गरेको विभागको तथ्यांकले देखाउँछ।

गत आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार मेट्रिक टन प्याज आयात भएको थियो। जसमध्ये ६ अर्ब ७५ करोड ९ लाख २२ हजार कुल १ लाख ८० हजार १९० मेट्रिक टन प्याज भारतबाट आयात भएको विभागको तथ्यांकमा छ। 

आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ६८ हजार ५४० मेट्रिक टन प्याज आयात हुँदा ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँ बाहिरिएको थियो।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँ बराबरको ६२ हजार ७५४ मेट्रिक टन प्याज आयात भएको थियो। २०७६/०७७ मा ७७ हजार ५४४ मेट्रिक टन प्याज आयात हुँदा २ अर्ब ९७ करोड ६८ लाख ९ हजार रुपैयाँ बाहिरिएको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब २६ करोड ९६ लाख १४ हजार रुपैयाँको १ लाख ६७ हजार मेट्रिक टन प्याज आयात भएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन्
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार, असार २१, २०८२
बाढी पहिरोको प्रभाव, सातवटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध शनिबार, असार २१, २०८२
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्